रामेछापमा कोरोनाका सक्रिय संक्रमितको सङ्ख्या घट्दै

रामेछापमा कोरोनाका सक्रिय संक्रमितको सङ्ख्या घट्दै

रामेछापमा केहिदिन यता कोरोनाका सक्रिय संक्रमितको सङ्ख्या घट्दै गएको छ । जिल्लामा अहिले ५३ जना सक्रिय संक्रमित रहेका छन । पछिल्ला केहि हप्तादेखि रामेछापमा नयाँ संक्रमित थपिनेको सङ्ख्या निरन्तर ओरालो लाग्दै गएपछि सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

जिल्लामा मंगलबार (आज) मात्रै ३६ जना कोरोना संक्रमित निको भएका छन । कोरोनाका तेस्रो लहर सुरुभएपछि हालसम्म ४२८ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ३७५ जना निको भैसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । आज जिल्लामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा ४५ जना संक्रमित होम आइसोलेशनमा र ८ जना संस्थागत आइसोलेशनमा उपचारत रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार