रामेछापका समाजसेवी घिमिरेद्धारा १३ सयबढी विद्यार्थीलाई न्यानो कपडा वितरण

रामेछापका समाजसेवी घिमिरेद्धारा १३ सयबढी विद्यार्थीलाई न्यानो कपडा वितरण

रामेछाप जिल्लाको रामेछाप नगरपालिका–८ वाबियाखर्कका समाजसेवी शम्भु प्रसाद घिमिरेले १३ सय ३० जना विद्यार्थीलाई जाडोमा लगाउने न्यानो कपडा वितरण गर्नुभएको छ । मंगलबार रामेछाप नगरपालिकाका तीन वटा विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्नुभएको हो ।

लाइन्स क्लव अफ रामेछापको आयोजना तथा फेलोसिप लाएन्स क्लवको सहकार्यमा पूर्व जिल्ला गभरर्नर घिमिरेको समन्वयमा मंगलबार औपचारिक कार्यक्रमकाको आयोजना गरी गौरी शंकर मावि, श्री मावि भंगेरी र वाल मन्दिर आधारभूत बिद्यालय रामेछापका वालवालिकाहरुलाई न्यानो कपडा बितरण गरिएको छ ।

गौरीशंकर माविमा ७ सय ६० जोर ,श्री मावि भंगेरीमा ३ सय ६० जोर न्यानो कपडा तथा खेलाडीहरुका लागि ६० जोर जर्सि र बाल मन्दिर आधारभुत विद्यालय रामेछापका लागि १ सय ५० जोर कपडा उक्त बिद्यालयहरुमा अध्ययनरत वालवालिकाहरुका लागि वितरण गरिएको हो । यस अघि पनि समाजसेवी घिमिरेले शारदा संस्कृत मावि बावियाखर्क लगायतका विभिन्न विद्यालयमा न्यानो कपडा वितरण गरिसक्नुभएको छ ।

,

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार