जिल्ला अस्पताल विकास समिती रामेछापको अध्यक्षमा यमकुमार पाख्रिन नियुक्त

जिल्ला अस्पताल विकास समिती रामेछापको अध्यक्षमा यमकुमार पाख्रिन नियुक्त

जिल्ला अस्पताल विकास समिती रामेछापको अध्यक्षमा यम कुमार पाख्रिन नियुक्त हुनुभएको छ । बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयको मन्त्रीपरिषदको माघ २८ गतेको निर्णय अनुसार जिल्ला अस्पताल रामेछापको अस्पताल विकास समितीको अध्यक्षमा पाख्रिनलाई नियुक्त गर्ने निर्णय गरेको हो । पाख्रिनले अस्पतालको समग्र विकासमा आफु लागिपर्ने बताए ।

ईरामेछापसँग कुरागर्दै उनले यसभन्दा अघि अस्पतालमा भएका राम्रा काहरुलाई निरन्तरता दिँदै केही सेवा सुविधाहरु थप गर्ने योजनामा आफु रहेको सुनाए । रामेछाप नगरपालिका वडा नं ६ का पाख्रिन नेपाली कांग्रेस रामेछाप नगरका सहसचिव समेत हुन । यस अघिका अस्पताल विकास समितीका अध्यक्ष रोशन पाख्रिनले केही महिना अघि राजिनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार