राष्ट्रिय जनगणनामा आधिकारीक तथ्यांक नआएपछि खाँडादेवी गाउँपालिकाद्वारा जनगणना सुरु

राष्ट्रिय जनगणनामा आधिकारीक तथ्यांक नआएपछि खाँडादेवी गाउँपालिकाद्वारा जनगणना सुरु

राष्ट्रिय जनगणनाले पालिकाको जनसंख्या घट्ने गरी जनगणनाको विवरण सार्वजनिक गरेपछि रामेछापको खाँडादेवी गाउँपालिकाले आफैं जनगणना गर्न थालेको छ । गाउँपालिकाले ३ वर्षअघि गरेको गणनाभन्दा कम मात्र हैन, कायम रहेका बालिग मतदाताभन्दा पनि थोरै जनसंख्या रहेको विवरण सार्वजनिक भएपछि खाँडादेवीले सहजकर्ता मार्फत् जनगणना थालेको हो ।

खाँडादेवी गाउँपालिकामा मतदाताको संख्या २२ हजार १ सय ६० रहेको छ । मतदाता नामावलीमा नाम नभएका करिब ६ हजार बालबालिकाहरू विद्यालयमा अध्ययन गर्ने गर्छन् । यस हिसाबमा ९ हजार जनसंख्या छुटेको दाबी अध्यक्ष प्रेम तामाङको छ । राष्ट्रिय जनगणना २०७८ का क्रममा पालिकासँग समन्वय नभएको, कुनै बैठक या जानकारीसमेत नदिएर काम गरेको भन्दै तथ्यांक विभागको भूमिकाप्रति रामेछापका जनप्रतिनिधिहरूले आपत्ति जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार