रामेछापको माथिल्लो भेगमा भारी हिमपात, जनजीवन कष्टकर

रामेछापको माथिल्लो भेगमा भारी हिमपात, जनजीवन कष्टकर

रामेछाप जिल्लाको माथिल्लो भेगमा भारी हिमपात भएको छ । जिल्लाको उमाकुण्ड,गोकुलगंगा र दोरम्बा शैलुङ गाउँपालिकाका विभिन्न ठाउँमा भारी हिमपात भएको हो । बिहिबार रातिदेखि भारी हिमपात हुँदा स्थानीयको जनजीवन कष्टकर बनेको छ ।

जिल्लामा वर्षा र हिमपात भएसँगै चिसो पनि ह्वात्तै बढेको छ । चिसो बढेसँगै जनजीवन बष्टकर बन्दै गएको छ । जिल्लाको चुचुरे, ठोसे,गुम्देल, बाम्ती, कुभुकास्थली, गुप्तेश्व, प्रीति,भूजी,दोरम्बा,डडुवा,गौश्वारा लगायतका क्षेत्रमा बाक्लो हिमपात भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार