नेपालमै पहिलो पटक हायु भाषा पढाउँदै महाकाली आधारभूत विद्यालय

नेपालकै लोपन्मुख जाति हायुको भाषा लोप हुने अवस्थामा छ । केहि बुढापाका बाहेकका अरु कसैले हायु भाषा बोल्न जान्दैनन् । हायु भाषा बोल्न र लेख्न जान्नुभएका महाकाली आधारभूत विद्यालयका शिक्षक रमेश हायुले विद्यालयका विद्यार्थीहरुलाई हायु भाषा पढाउन थाल्नुभएको छ । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ मुडाजोरमा रहेको महाकाली आधारभूत विद्यालयमा अहिले शिक्षक रमेश […]

रामेछाप नगरपालिका र बीमा समिति बीच छलफल

बीमा समिति र रामेछाप नगरपालिका बीच स्थानिय तहसँग बीमा समिति विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । नगर प्रमुख लवश्री न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बाल्दै नगर प्रमुख न्यौपानेले नगरबासीलाई आफ्नो फजुल खर्चलाई कटौती गरेर बीमा गर्न अनुरोध गर्नुभयो । उहाँले बीमा सम्बन्धी जनचेतना प्रवर्द्धनका लागि बीमा समितिसँग समन्वय गरेर नगरपालिका अगाडि […]

कलेजको सुरक्षा गार्डलाई खुकुरी प्रहार गर्ने रामेछापका एक सहित ४ विद्यार्थी पक्राउ

काठमाडौंको कालिकास्थान स्थित ट्रिनिटी कलेजमा कार्यरत सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ । यो घटनाको अनुसन्धानका लागि प्रहरीले रामेछापका एक सहित चार जना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । मंगलबार दिउँसो साढे १ बजेतिर सुरक्षा गार्डलाई केही व्यक्तिहरुले धारिलो हतियार प्रहार गरी घाइते बनाएको भन्ने सूचना प्राप्त भएपछि प्रहरी वृत्त सिंहदरबारको टोली परिचालित भएको थियो । […]

रामेछाप सहित ११९ पालिकाका प्रमुख,उपप्रमुख हेटौँडामा

बाग्मती प्रदेशका रामेछाप सहित एक सय १९ वटा पालिकाका प्रमुख र उपप्रमुख हेटौँडामा भेला भएका छन् । बाग्मती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजना तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समन्वयमा नवनिर्वाचित जनप्रतिनिधिका लागि स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकाससम्मन्धी अभिमुखीकरण कार्यक्रममा पालिकाका प्रमुख र उपप्रमुखहरू सहभागि भएका हुन् । आज र भोलि चल्ने […]

जिसस रामेछापमा सत्ता गठबन्धन दलका उम्मेदवार विजयी

जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमा सत्ता गठबन्धन दलका उम्मेदवार विजयी भएका छन । आज भएको निर्वाचनमा सता गठबन्धन दलको तर्फबाट प्रमुखमा नेपाली कांग्रेसका चिना खड्का काकी र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका प्रेमबहादुर थापा विजयी हुनु भएको छ । मुख्य निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार काँग्रेसले प्रमुख सहित ४ नेकपा माओवादी केन्द्रले उपप्रमुख सहित ५ […]

मैत्रीपुर्ण महिला फुटबल प्रतियोगितामा रामेछाप फुटबल संघ विजयी

मैत्रीपुर्ण महिला फुटबल प्रतियोगितामा रामेछाप फुटबल संघ विजयी भएको छ । आज रामेछापको रामेछाप नगरपालिका वडा नं ८ टुँडिखेलमा मैत्रीपुर्ण महिला फुटबल प्रतियोगिताको आयोजना गरिएको थियो । रामेछाप फुटबल संघले आयोजना गरेको उक्त प्रतियोगितामा नयाँ गोरख गण रामेछाप र रामेछाप फुटबल संघबिच खेल भएको थियो । उक्त खेलमा रामेछाप फुटबल संघले नयाँ गोरख गण रामेछापलाई […]

नगरपालिकाको विभिन्न संस्कृतिको संरक्षण गर्न नगर प्रमुख न्यौपानेको आग्रह

रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेले रामेछाप साँस्कृतिक कलाकार समाजलाई नगरपालिकाको विभिन्न संस्कृतिको संरक्षण गर्ने खालका कार्यक्रमहरु सन्चालन गर्न आग्रह गर्नुभयो । रामेछाप साँस्कृतिक कलाकार समाज रामेछाप नगरपालिका कार्यसमितिको प्रथम साधारण सभा तथा जनप्रतिनिधि सम्मान कार्यक्रममा बोल्दै उहाँले रामेछाप नगरपालिका विभिन्न जातिय संस्कृतिहरुको फुलबारी रहेको बताउनुभयो । तामाङ,मगर,हायु,माझी,नेवार,सुनुवार जस्ता विभिन्न जातिहरुको आफ्नै संस्कृति रहेको र त्यो […]

रामेछाप नगरपालिकामा ३६ जनाले गरे रक्तदान

रामेछाप नगरपालिकामा आज रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी रामेछाप जिल्ला शाखाको समन्वय तथा स्थानिय तह कर्मचारी युनियन नेपाल रामेछाप, रामेछाप बिजनेश एन्ड प्रोफेसनल वमेन रामेछाप, समाज सेवा जागृती महिला बचत तथा ऋृण सहकारी सस्था लिमिटेड रामेछापको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । उक्त रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेको नेपाल […]

२ बिद्यालयका बिद्यार्थीलाई लायन्स रामेछापको न्यानो कपडा

रामेछाप लायन्स क्लबले गोकुलगङ्गा गाउपालिका २ ठोसेको २ बिद्यालय १ सय बिद्यार्थीलाई न्यानो कपडा बितरण गरेको छ । बिहिबार ठोसेको सेती देवी आधारभुत बिद्यालय र बुद्ध संसरी देवी आधारभुत बिद्यालयका ५०/५० बिद्यार्थी गरि १ सय जनालाई एक कार्यक्रममा बिच हस्तान्तरण गरिएको छ । लायन्स क्लब ईन्टरनेशनलका पास्ट डिस्टृक गभर्नर शम्भु घिमिरेले बिद्यालयमा नै पुगेर न्यानो […]

जिसस रामेछापको निर्वाचन जेठ २९ गते,काँग्रेस–माओवादी गठबन्धनबाट खड्का र एमालेबाट कँडेलको उम्मेद्वारी दर्ता

रामेछापमा जिल्ला समन्वय समितिको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मिलेर जाने सहमति भएको छ । आज बसेको कांग्रेस र माओवादीको संयुक्त बैठकले जिससको निर्वाचनमा सहमति गरेर जाने निर्णय गरेको हो । सहमति अनुसार कांग्रेसले जिसस प्रमुखसहित चार सदस्य र माओवादीले उपप्रमुखसहित पाँच सदस्य लिएको छ । कांग्रेस र माओवादीबीच जिससको पदाधिकारी र सदस्यमा […]