रामेछापमा एक सय एक बर्षका वृद्ध नर बहादुरले गरे मतदान

रामेछापमा एक सय एक बर्षका वृद्ध नर बहादुरले गरे मतदान

आज बिहान सात बजेदेखि भइरहेको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा रामेछापका एक सय एक वर्षका वृद्ध नर बहादुर कार्कीले मतदान गर्नुभएको छ ।

रामेछाप नगरपालिका वडा नं ७ सुकाजोर स्थिति हिलेपानी मतदान स्थलमा कार्कीले मतदान गर्नुभएको हो । २००७ साल देखि पटक पटक आफुले मतदान गर्दै आएको उहाँले बताउनुभयो । यो पटक पनि भोट हाल्न पाउँदा एकदमै खुसी लागेको उहाँले बताउनुभयो ।

रामेछापमा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र ५ जना सहित २२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने प्रदेशसभा क मा ११ जना र प्रदेशसभा ख मा १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । प्रदेश क मा ८७ हजार ६३३ र प्रदेश ख मा ९२ हजार ४७३ जना गरी जिल्लामा एक लाख ८० हजार १०६ जना मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार