रामेछापमा मतदानस्थलमा खटिए कर्मचारी

रामेछापमा मतदानस्थलमा खटिए कर्मचारी

मंसिर ४ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा सदस्य एवं प्रदेशसभा सदस्य निर्वाचनको लागि मतदान गराउन खटिएका मतदान अधिकृत र अन्य कर्मचारीहरु आवश्यक सामाग्री लिएर मतदान स्थलत पुगेका छन । मुख्य निर्वाचन कार्यालय रामेछापले निर्वाचन सम्पन्न गराउनको लागि रामेछापका १ हजार ८ सय १७ जना कर्मचारीहरु खटाएको छ ।

मतदान स्थल र मतदान केन्द्रमा खटिएका कर्मचारीहरुले जिल्ला निर्वाचन कार्यालयवाट आवश्यक निर्वाचन सामाग्री बुझेर मतदान स्थलमा पुगिसकेको जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकृत मधुकर कुमार शाहले जानकारी दिनुभयो । रामेछापमा एउटा प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा रहेको छ ।

जसमा १ लाख ८० हजार १ सय ६ जना मतदाताले निर्वाचनमा मतदान गर्नेछन् । जिल्लामा ९६ वटा मतदान स्थल र २२६ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । ती मतदान केन्द्रको सुरक्षाको लागि करिव २५ सयको संख्यामा म्यादी प्रहरी, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको मुख्य निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार