ट्याङ्करले ठक्कर दिंदा रामेछापको सुनापातीका बालकको मृत्यु

ट्याङ्करले ठक्कर दिंदा रामेछापको सुनापातीका बालकको मृत्यु

भक्तपुरमा ट्याङ्करको ठक्करबाट रामेछापका एक जना बालकको मृत्यु भएको छ । रामेछापको सुनापाती गाउँपालिका–४ घर भई भक्तपुरको ब्यासी बस्ने ७ वर्षीय बिवेश तामाङको मृत्यु भएको हो । झौखेलबाट ब्यासीतर्फ आउँदै गरेको ट्याङ्करले भक्तपुर नगरपालिका–२ ब्यासी कासन पुल नजिक आज बिहान १० बजे बा ५ ख ९१४२ नम्बरको ट्याङ्करले ठक्कर दिएको हो । ट्याङ्करको ठक्करबाट सख्त घाइते भएका तामाङको भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार