अधिवक्ता पाण्डे विरुद्ध रामेछापमा पनि विरोध प्रदर्शन

अधिवक्ता पाण्डे विरुद्ध रामेछापमा पनि विरोध प्रदर्शन

अधिवक्ता भगवती पाण्डेले सिङ्गो तामाङ, मगर लगाएत जनजाती समुदायको प्रथाजनित अभ्यासप्रति गलत ढंगले अभिव्यक्ति दिएको भन्दै नेपाल मगर संघ र तामाङ्ग घेदुङले सयुंक्त रुपमा रामेछापमा सोमबार (आज) विरोध प्रर्दशन गरेको हो ।

मगर संघ र घेदुङ रामेछापले अधिवक्ता पाण्डेले दिएको अभिव्यक्ति विरुद्ध संयुक्त रुपमा विरोध प्रर्दशन गर्दै रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौला मार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएको हो । अधिवक्ता भगवती पाण्डे (शितल)ले साउन ७ गते एक टेलिभिजनमा दिएको विवादास्पद अभिव्यक्ति विरुद्ध बिरोध प्रदर्शन गरिएको हो ।

तामाङ र मगर समुदायलाई अपराधीकरण गर्नेगरी अभिव्यक्ति दिने अधिवक्ता पाण्डे र शान्तिपुर्ण आन्दोलनमा अनावश्यक बल प्रयोग गरी नियन्त्रणमा लिएर चरम यातना दिने प्रहरीलाई कारबाहीको माग गदैँ रामेछापका आदिवासी जनजातीहरुले जिल्ला प्रशासन कार्यालय घेराउ, धर्ना तथा ज्ञापनपत्र बुझाएका हुन ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार