मन्थली नजिकै तामाकोशी नदीमा फेला परेकोे बेवारिसे शवको पहिचान खुल्यो

मन्थली नजिकै तामाकोशी नदीमा फेला परेकोे बेवारिसे शवको पहिचान खुल्यो

रामेछापको सदरमुकाम मन्थली नजिकै तामाकोशी नदीमा फेला परेकोे बेवारिसे शवको पुष्टि भएको छ । उक्त शव दोलखाका एक पुरुषको रहेको पुष्टि भएको हो । उक्त शव दोलखाको कालिञ्चोक गाउँपालिका २ बाबरेका ६२ वर्षीय भिमबहादुर थामीको रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

मृतक थामी साउन १५ गतेदेखि हराएका थिए । हराइरहेका थामीको शव शनिबार मन्थली नगरपालिका १ हाटेचौर स्थित तामाकोशी नदिको किनारामा घोप्टो परेको अवस्थामा फेला परेको थियो । शव पोष्टमार्टमका लागि मन्थली अस्पतालमा राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार