शिक्षा विधेयकको विरोधमा रामेछाप नगरपालिकालाई निजी विद्यालय सञ्चालकको ध्यानाकर्षण पत्र

शिक्षा विधेयकको विरोधमा रामेछाप नगरपालिकालाई निजी विद्यालय सञ्चालकको ध्यानाकर्षण पत्र

सरकारले विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन गर्ने भएपछि निजी विद्यालयका सञ्चालकहरु आन्दोलनमा उत्रिएका छन् । जसअन्तर्गत आज प्याब्सन रामेछाप नगर समितिले रामेछाप नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

प्याब्सन रामेछाप नगर समितिका संयोजक रविन्द्र कुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको ध्यानाकर्षण पत्रमा विद्यालय शिक्षा विधेयक अवैधानिक भन्दै निजी विद्यालयका सञ्चालकले सरकारले प्रस्ताव गरेको विधेयकमा विद्यालयलाई शैक्षिक गुठीमा लैजानेबारे एकतफी निर्णय गरेकाले आन्दोलन गर्न बाध्य भएको कुरा उल्लेख गरिएको छ ।

सरकारले निजी विद्यालयका सञ्चालकलाई प्रोत्साहन हुने गरी ऐन संशोधन गर्नुपर्नेमा आवश्यक प्रावधान नै तयार नगरी हठात विधेयक दर्ता गरेको आरोप उनिहरुले लगाएका छन् । शिक्षा विधेयक सबैलाई समेट्ने गरि आउनुपर्ने सञ्चालकहरुको माग छ । उक्त ध्यानाकर्षण पत्र बुझदै रामेछाप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निरज पौडेलले नगर प्रमुख काम विशेषले बाहिर जानुभएको र उहाँ फर्कने बित्तिकै ध्यानाकर्षण पत्र उहाँलाई उपलब्ध गराउने बताउनुभयो ।

यस्तो छ ध्यानाकर्षण पत्र : 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार