जिल्ला अस्पताल रामेछापमा १ सय ४० सेन्टिमिटरकी महिलाले जन्माईन ४.२ केजीको बच्चा

जिल्ला अस्पताल रामेछापमा १ सय ४० सेन्टिमिटरकी महिलाले जन्माईन ४.२ केजीको बच्चा

जिल्ला अस्पताल रामेछापमा १ सय ४० सेन्टिमिटरकी एक महिलाले ४.२ केजीको बच्चालाई जन्म दिनुभएको छ । मंगलबार साँझ ७ बजेर २३ मिनेटको समयमा १ सय ४० सेन्टिमिटर मात्रै उचाई भएकी महिलाले ४.२ केजीको बच्चालाई जन्म दिनुभएको हो ।

रामेछाप नगरपालिका ४ हिमगंगाकी २२ वर्षिय रुपा थापा मगरको अपरेशन मार्फत बच्चा जन्माईएको जिल्ला अस्पताल रामेछापका विशेषज्ञ डाक्टर मनोज यादवले बताउनुभयो । उहाँका अनुसार जिल्ला अस्पतालमा पहिलो पटक कम उचाई भएकी महिलाले धेरै तौल भएको बच्चालाई जन्म दिएकी हुन ।

छोरालाई जन्म दिएकी उक्त महिला र बच्चाको अवस्था सामान्य रहेको डा.यादवले बताउनुभयो । “कम उचाईकै कारण सुत्केरी हुन समस्यामा रहेकी उक्त महिला ३–४ वटा अस्पतालमा पुगेर जिल्ला अस्पतालमा सुत्केरी हुन आउनुभएको थियो । धेरै अस्पतालमा पुगेर फर्कनुभएकी उहाँको हामीले सफलतापूर्वक शल्यक्रिया मार्फत बच्चा जन्मायौँ ।”–उहाँले भन्नुभयो ।

पछिल्लो समय रामेछाप जिल्लाका मात्रै नभएर छिमेकी विभिन्न जिल्लाहरुबाट जिल्ला अस्पताल रामेछापमा सुत्केरी हुन आउने महिलाको संख्या पनि बढेको छ । २०७८ फाल्गुन १६ गतेदेखी आकस्मिक प्रसुतिजन्य शल्यक्रिया सेवा सुरुभएपछि धेरै ठाउँहरुबाट सुत्केरी हुन आउने महिलाहरु बढेका हुन । अहिलेसम्म आकस्मिक प्रसुतिजन्य शल्यक्रिया मार्फत सुत्केरी भएका सबै आमा र बच्चाको अवस्था समान्य रहेको विशेषज्ञ डा.यादवको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार