मन्थली नजिकै तामाकोसी नदीको किनारामा बेवारिसे शव फेला

मन्थली नजिकै तामाकोसी नदीको किनारामा बेवारिसे शव फेला

रामेछाप जिल्लाको मन्थली नगरपालिका १ हाटेचौर स्थित तामाकोशी नदिको किनारामा शनिबार (आज )एक पुरुषको शव फेला परेको छ ।

बेवारिसे अबस्थामा फेला पेरको शवको पहिचान भने हुन नसकेको प्रहरीले जनाएको छ । सडेगलेको अवस्थामा अन्दाजी ४०/४५ बर्षको पुरुषको शव घोप्टो परेको अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय रामेछापका प्रहरी निरीक्षक दिलिप कुमार थापाले जानकारी दिनुभयो ।

शवको पहिचान नभएको र शव पहिचानको लागि मन्थली अस्पतालमा राखिएको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार