विदेशबाट हुने उद्धार उडान अनिश्चितकालका लागि स्थगित

सरकारले कामदारको उद्धारका लागि तय भइसकेका चार्टर्ड उडान स्थगित गरेको छ । कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अन्तर्राष्ट्रिय उद्धार उडानहरु स्थगित गर्न पत्र लेखेको छ । त्यसकै आधारमा सरकारले चार्टर्ड उडान स्थगन गरेको हो । मन्त्रिपरिषद बैठकले ३ सय जना दूतावासहरुको सिफारिसमा र अरु २ सय […]

पेट्रोलियम पदार्थको भाउ बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । हिजो राति १२ बजेबाट लागु हुने गरी डिजेल, पेट्रोल र मटीतेलमा प्रतिलिटर एक रुपैयाँ बढाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताउनुभयो । हिजो भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीमा भाउ बढेर मूल्य प्राप्त भएपछि इन्धनको मूल्य बढाउन निगम बाध्य भएको प्रवक्ता उपाध्यायले बताउनुभयो । नयाँ मूल्य समायोजन […]

विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन आजबाट पाचौँ चरणको हवाइ उद्धार सुरु

नोबेल कोरोना भाइरसको महामारीका कारण बिभिन्न मुलुकमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन आजबाट पाचौँ चरणको हवाइ उद्धार सुरु भएको छ । विदेशमा अलपत्र नेपालीलाई उनीहरूकै खर्चमा चार्टर उडानबाट स्वदेश फर्काउन आगामी १५ दिनसम्म पाँचौं चरणको उद्धार उडान जारी रहने छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गत शुक्रबार पाँचौं पटक थप ४३ वटा उडानलाई अनुमति […]

सरकारी सेवामा कार्यरत सबै कर्मचारीलाई सम्पत्ति विवरण बेलैमा बुझाउन सरकारको निर्देशन

सरकारले सरकारी सेवामा कार्यरत सबै कर्मचारीलाई सम्पत्ति विवरण बेलैमा बुझाउन निर्देशन दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक महिना अगाडी सूचना प्रकाशन गरे पनि अधिकांश स्थानीय तहमा कार्यरत कर्मचारीले सम्पत्ति विवरण पेश नगरेको भन्दै सात सय ५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै ताकेता गरेको हो । कर्मचारी समायोजना ऐन, २०७५ बमोजिम स्थानीय […]

रेमडिसिभिर नामको औषधि दर्ता गर्न औषधि व्यवस्था विभागको आलटाल

कोरोना सङ्क्रमितका लागि प्रभावकारी मानिएको ‘रेमडिसिभिर’ नामक औषधि दर्ता प्रक्रियामा औषधि व्यवस्था विभागले आलटाल गरेको पाइएको छ । दर्ता नहुदा औषधि अवैध तरिकाले नेपाल भित्रिने गरेको पाइएको छ । स्रोतका अनुसार केही आयातकर्ताले ‘रेमडिसिभिर’ नामक औषधि कोलकाता हुँदै नेपाल ल्याउने गरेका छन् । पटके सिफारिसबाट पनि औषधि आयात गर्न सकिने व्यवस्था छ । रेमडिसिभिर नामक […]

सुनको मूल्य तोलाकै ११ सयले बढ्यो

सुनको मूल्यले नयाँ इतिहास कायमै गर्दै तोलाकै एक लाख नाघेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ११ सय रुपैयाँले बढेर सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको कारोबार प्रतोतोला मूल्य एक लाख दुई हजार पाँच सय रुपैयाँ तोकेको छ । एक तोला सुनको यो मूल्य हालसम्मकै उच्च […]

सुनको मूल्य १ लाख नाघ्यो

आज नेपाली बजारमा सुनको मूल्य १ लाख नाघेको छ । नयाँ रेकर्ड राखिरहेको छापावाल सुनको मूल्य आज१ लाख १ हजार ४ सय रुपैयाँ कायम भएको छ । एकैदिन १६ सय रुपैयाँले बढेर सुनको मूल्य एक लाख नाघेको हो । मंगलबार छापावाल सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँका कारोबार भएको थियो । तेजावी सुन आज […]

पर्याप्ता ज्ञानबिनै विषादी प्रयोग गर्छन किसान

केही वर्षयता तरकारी र फलफूलको व्यवसायिक खेति गर्ने किसानाको सङ्ख्या बढेको छ । तीनै तहका सरकारले किसान मैत्री नीति लिएका कारण, कृषिमा व्यवसायिकता बढेको हो । तर उत्पादन बढाउने र धेरै कमाउने लोभमा किसानले तरकारी तथा फलफूलमा जथाभावी विषादी हालिरहेका छन् । भेटेनरी वा एग्रोभेटबाट किनेको विषादी प्राविधिकसँगको सल्लाह बिनै, सिधै खेतबारीमा प्रयोग हुन्छ । […]

४ महिनासम्म बन्द भएका देशभरका होटल आजबाट खुल्दै

लकडाउनका कारण चार महिनासम्म बन्द भएका होटलहरू आजबाट सञ्चालन हुने भएका छन् । सरकारले साउन १५ गतेदेखि विशेष सतर्कता अपनाएर होटललगायत पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने निर्णय गरेपछि होटलसँग आवद्ध सङ्गठनहरूले आजबाट होटल सञ्चालन गर्ने निर्णय गरेका हुन् । काठमाडौँ, पोखरा, सौराहा, नेपालगञ्ज लगायत मुख्य ठूला बजारमा होटल खुल्न थालेका हुन् । क्षेत्रीय होटल सङ्घ […]

रसुवागढीमा राजश्व संकलन लक्ष्यभन्दा कम

नेपाल–चीन प्रवेशका लागि छोटो दुरीको रसुवागढी भन्सार कार्यालयमा यस वर्ष लक्ष्यको तुलनामा राजश्व सङ्कलनमा कमी आएको छ । कोरोना भाइरस र पहिराका कारण राजश्व संकलन लक्ष्य अनुसार हुन नसकेको हो । काठमाडौदेखि एकसय ५२ किलोमिटर उत्तर भोटेकोशी नदी किनारामा रहेको रसुवागढी भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७६÷०७७ मा कुल आठ अर्व २७ लाख रुपैया राजश्व […]