काठमाडौं उपत्यकामा बन्दाबन्दी अगाडीको भाडादर कायर्म गराउन ट्राफिक प्रहरी सक्रिय

काठमाडौं उपत्यकामा बन्दाबन्दी अगाडीको भाडादर कायर्म गराउन ट्राफिक प्रहरी सक्रिय

काठमाडौं उपत्यकामा बन्दाबन्दी अगाडिको भाडादर कायम गर्न ट्राफिक प्रहरीले सक्रियता देखाएको छ। बढी भाडा लिने चालकलाई पाँच हजार रूपैयाँसम्म जरिवाना गर्न लिन थालिएको छ भने स्वास्थ्य सुरक्षाका मापदण्ड पनि पूरा गराउन थालिएको छ । लकडाउनका बेला सरकारले सिट क्षमताभन्दा ५० प्रतिशत कम यात्रु बोक्न दिँदा भाडा भने ठीक ५० प्रतिशत बढाउन भनेको थियो । तर अहिले लकडाउन नभएको बेलामा समेत बढि भाडा लिंईदै आएको छ । सार्वजनिक सवारीमा पुरानो भाडादर राख्न लगाउने र बढी भाडा लिनेलाई कारबाही गर्न थालिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रामेश्वरप्रसाद यादवले बताउनुभयो । कोभिडको वाहानामा सार्वजनिक यातायातले शुल्कमा उपभोक्तालाई ढग्ने गरेको गुनासो आउन भने छाडेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार