सुकाजोरमा घर घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

सुकाजोरमा घर घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

दशैँलाई लक्षित गर्दै रामेछाप नगरपालिका वडा नम्बर ७ सुकाजोरले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । लामो समयको लकडाउन र अहिले दशैँलाई लक्षित गर्दै घरघरमा पुगेर समाजिक स्ुरक्षा भक्त वितरण गरिएको वडाअध्यक्ष समिर कार्कीले बताउनुभयो । दशैँको चहलपहल सुरु भईसकेको अवस्थामा सामाजिक सुरक्षा भत्ता पाउन योग्य नागरीकहरुलाई चाडपर्व मनाउन सहयोग पुगोस भन्ने उद्धेश्यका साथ स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर घरघरमै पुगेर भक्ता वितरण गरिएको उहाँले बताउनुभयो । एकल महिला , वृद्धवृद्धा , अपाङग र लोपन्मुख हायु जातिहहरुको घरघरमै पुगेर भक्ता वितरण गरिएको वडाअध्यक्ष कार्कीले बताउनुभयो । सामाजिक दूरी कायम गरेर स्यानिटाइजर, मास्क, पञ्जालगायत सामग्रीका साथ भक्ता वितरण गरिएको उहाँले बताउनभुयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार