रामेछाप नगरपालिकाद्धारा बजार अनुगमन

रामेछाप नगरपालिकाद्धारा बजार अनुगमन

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले बजार अनुगमन गरेको छ । चाडपर्वलाई मध्यनजर गर्दै नगरपालिकाको मुख्य बजार पुरानो सदरमुकाम समेत रहेको रामेछाप बजारका विभिन्न पसल, व्यावसाय, औषधी , होटल , हार्डवेयर पसल लगायतको पसलहरुको अनुगमन गरेको हो । रामेछाप नगरपालिकाका प्रशासन शाखा प्रमुख नारायण सु्वेदीको नेतृत्वमा भएको बजार अनुगमनका क्रममा केहि पसलहरु नगरपालिकामा दर्ता नभएको, दर्ता गरेपनि नविकरण नगरेको, मुल्य सुची टाँस नगरेको पाईएको छ । दर्ता नगरेका पसलहरुलाई यहि महिना भित्र दर्ता गर्न निर्देशन दिइएको प्रशासन शाखा प्रमुख सुवेदीले बताउनुभयो । यस वर्ष बजारमा म्याद सकिएको सामानहरु कमै मात्र फेला परेको उहाँले बताउनुभयो । बजार अनुगनमा रामेछाप नगरपालिकाका कर्मचारी , नगर उद्योग वाणिज्य संघका अध्यक्ष , प्रहरी , पत्रकार लगायतको उपस्थिती रहेको थियो । नगरपालिकाले विभिन्न समयमा बजार अनुगनम गर्दै आएको छ । लकडाउनको विचमा पनि नगरपालिकाले नगरका मुख्य बजारहरुमा अनुगन गरेको थियो ।

बजार अनुगनका केहि तस्विरहरु : 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार