होम आइसोलेसेनमा बसेका सङ्क्रमितहरूलाई परामर्श दिने जिम्मा ल्याबलाई

होम आइसोलेसेनमा बसेका सङ्क्रमितहरूलाई परामर्श दिने जिम्मा ल्याबलाई

सरकारले होम आइसोलेसेनमा बसेका सङ्क्रमितहरूलाई परामर्श दिने जिम्मा ल्याबलाई दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना परीक्षण गर्ने प्रयोगशालाहरुले टेलि काउन्सेलिङ अर्थात् टेलिफोनमार्फत परामर्श दिनुपर्ने निर्णय गरेको हो । ल्याब सञ्चालन गर्ने अस्पताल वा मेडिकल कलेजले आफैं र अरुले सरकारी वा निजी अस्पतालसँग समन्वय गरी परामर्श दिने व्यवस्था गर्नुपर्ने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । मन्त्रालयको तथ्याङ्क अनुसार हाल ३० हजारभन्दा बढी कोरोना सङ्क्रमित होम आइसोलेसन अर्थात् घरमै छन् । होम आइसोेलेसनको अनुमति दिँदा स्थानीय तहका स्वास्थ्यकर्मीहरूले निगरानी गर्ने निर्णय भएको थियो । तर यो कार्यान्वयन हुन नसकेपछि अब प्रयोगशालाको जिम्मामा छाडिएको हो । सरकारले नेपाल प्रहरी अस्पताललाई ३ सय वेडको कोभिड अस्थायी अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार