साहारा साकोसले सम्पन्न गर्यो आफनो पन्ध्रौ साधारणसभा

साहारा साकोसले सम्पन्न गर्यो आफनो पन्ध्रौ साधारणसभा

रामेछाप सदरमुकाम मन्थली र रामेछाप नगरपालीकालाई कार्यक्षेत्र बनाउँदै आएको साहारा साकोसले विहिबार आफनो साधारण सभा सम्पन्न गरेको छ । कोरोना संक्रमणको बेला पनि साकोसले स्वास्थ सुरक्षा र सरकारी मापदण्डलाई पालना गर्दे आफनो साधारण सभा समयमानै सम्पन्न गरेको हो । कोरोना संक्रमणका कारण सेवा प्रवाहका क्रममा लामो समयदेखि समस्या र अभाब ब्यहोर्दे आएको साहारा साकोस संचालक समितिका पदाधिकारीहरुको निरन्तरको लगाब,कर्मचारीहरुको मेहनत र शेयर सदस्यहरुको समर्थनमा उसले विहिबार औपचारीक कार्यक्रमका विच आफनो साधारण सभा सम्पन्न गरेको छ ।

आफुलाई निति विधि र प्रविधिको क्षेत्रमा अग्रणि संस्थाको रुपमा विकास गर्ने अभियानका साथ केन्द्रिय सहकारी संघको फ्रेमवर्क भित्र बसेर काम शुरु गरेको उक्त संस्थाले आबश्यक पर्ने ४८ निति मध्ये ४० वटा निति निर्माण गरि सोहि अनुसार काम गर्दै आएको र बाँकि रहेका ८ वटा निति निर्माणको काम पनि भईरहेको र त्यसले चाँडैनै सार्थकता पाउने जानकारी संस्थाका अध्यक्ष मिलन कुमार घिसिङ्कले साधारण सभामा गराउनु भएको थियो ।  साधारण सभामा संस्थाको प्रगति प्रतिवेदन पेश गर्नुहुदै अध्यक्ष घिसिङ्कले हाल साविकको मन्थली, रामेछाप, शुकाजोर, सुनारपानी र भलुवाजोर गाविसलाई आफनो कार्यक्षत्र बनाएर काम गर्दे आएको साहाराले यस बर्ष थप साविकका पकरबास,चिसापानी भटौली र भिरपानी गाविसमा पनि कार्यक्षेत्र विस्तार गर्न लागेको जानकारी दिनुभयो । त्यसैगरि साकोसले केहि सहकारी संस्थाहरु संग संस्था मर्चकोलागि प्रयास भईरहेको भन्दै चालु आबमा उक्त कार्यले पनि केहि मात्रमा सार्थकता पाउने र त्यसकालागि संस्थाले आबश्यक काम आरम्भ गरि सकेको जानकारी पनि दिनुभयो ।

संस्थाले आफना शेयर सदस्य हरुको आर्थिक तथा सामाजीक विकासका लागि विभिन्न ब्यवसायी कार्यक्रम यसै बर्ष देखि संचालन गर्न लागेको जानकारी पनि सो अबसरमा अध्यक्षले गराउनु भएको थियो ।त्यसका लागि चालु आवमा आफनो शेयर सदस्य वृद्धिगरी डबल पुर्याउने र सकभर संस्थाको सेवालाई हालको वडा स्तरमानै सम्पर्क कार्यालय संचालन गरि वचत असुली र क्रण लगानीको कामलाई थप सहज बनाउने लक्ष्य संस्थाले लिएको जानकारी पनि अध्यक्षले गराउनु भएको थियो ।

अप्ठेरो परिस्थीतिको सामना गर्दे संस्थाले गत आवमा सबै खर्च कटाएर एक वर्षको विचमा करिब २२ लाख रुपैयाँ मुनाफा कमाउन सफल भएको जानकारी कोषाध्यक्ष शिबराज श्रेष्ठको प्रतिबेदनमा उल्लेख गरिएको थियो । कुल २२ करोडको कारोबार रहेको साहाराले हाल सम्म १५ थरीको वचत खाता र १२ थरिको क्रण खाता मार्फत सहुलियत ब्याजदरमा क्रण प्रवाह गर्दे आएको जानकारी पनि कोषाध्यक्षको प्रतिबेदनमा उल्लेख गरिएको छ ।

जिल्ला वचत तथा क्रण सहकारी संस्थाका अध्यक्ष जगन्नाथ दाहालको प्रमुख आतिथ्यतामा उक्त साधारण सभा भएको थियो । सभाको उद्घाटन् गर्दे प्रमुख अतिथि दाहालले जिल्लामा सहकारीको संस्थागत विकासमा साहारा वचतले उल्लेखनिय भूमिका निभाएको भन्दै अबको दिनमा साहारा साकोसले शेयर सदस्यको ब्यवसायीक हितका लागि पनि काम गर्न सुझाउनु भएको थियो । पारदर्शिता , जवाफदेहिता र सहकारीता सहकारीको मुल आधार भएको भन्दै एक संस्था र एक शेयर सदस्यको नितिलाई साहाराले पनि आत्मासात गर्नु पर्नै धारणा राख्नु भएको थियो ।

हाल सम्म ३ हजार ५ सय शेयर सदस्य रहेको साहाराले साधारण सभा अघि गाउँ गाउँमा पुगेर मिनि साधारण सभा गरेर शेयर सदस्यहरुलाई संस्थाको गतिविधिका बारेमा जानकारी गराउनुका साथै संस्थागत विकासका लागि थप गर्नु पर्ने कामका बारेमा राय सल्लाह लिएको थियो । साधारण सभा प्रतिनिधिमुलक ढंगको सहभागिताका आधारमा सकिएको जानकारी संस्थाका सचिव बलराम लामाले गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार