धुलिखेल अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा लाग्ने खर्च निर्धारण

धुलिखेल अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा लाग्ने खर्च निर्धारण

सरकारले कार्तिक २ गतेदेखि कारोनाभाईरसबाट सङ्क्रमितआफैंले उपचार खर्च बेहोर्नुपर्ने प्रावधान ल्याएपछि कोरोना सङ्क्रमितको उपचार गर्दै आएका अस्पतालहरूले धमाधमखर्च निर्धारण गरिरहेका छन् । काभ्रे जिल्लाको धुलिखेल अस्पतालले पनि एक सूचनाजारी गर्दै कोरोनाबाट सङ्क्रमितभएकाहरुलाई दैनिक रुपमालाग्ने उपचार खर्चको विवरण सार्वजनिक गरेको छ ।

अबकोरोना सङ्क्रमितले धुलिखेल अस्पतालमा भर्ना हुनुभन्दा अगाडि नै अस्पतालको नगदशाखामा ५० हजार देखि २ लाखसम्म धरौटी रकमजम्मागर्नुपर्ने सूचनामाउल्लेख छ । बिरामीको अवस्थाअनुसार धरौटि रकमनिर्धारण गरिएको छ । सामान्य लक्षण भएका बिरामीलाई वार्डमा राख्दा ५० हजार धरौटी राख्नु पर्नेछ भने मध्य जटिल बिरामीलाई एचडियुमा राख्दा १ लाख धरौटी राख्नु पर्ने छ र जटिल खालका बिरामीलाई आईसियुमा राख्दा २ लाख धरौटी राख्नुपर्ने छ ।

सूचनामा सामान्य लक्षण भएका बिरामीलाई दैनिक ३ हजार ५ सय, मध्य जटिल विरामीलाई ७हजार ५ सय र जटिल विरामीलाई १५ हजार लाग्ने उल्लेख छ । यसपछि पनिऔषधीतथा रोग निदानमाप्रयोगमाहुने जाँचहरू तथा भेन्टिलेटरको थपशुल्कलाग्ने छ । सङ्क्रमितको उपचारमालाग्ने शुल्क नेपाल सरकार, स्वास्थ्यतथा जनसंख्यामन्त्रालयको निर्णय अनुसारनै निर्धारण गरिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार