गाउँमै बंगुर पालन गरेर स्वरोजगार बन्दै मगर

गाउँमै बंगुर पालन गरेर स्वरोजगार बन्दै मगर

रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछाप बजारबाट नजिकै छ, सिम्ले गाउँ । झुरुम्म परेको मगर बस्ती त्यहि बस्तीमा छ, जिवन मगरको घर । गाउँमै केहि गरौँ भन्ने उत्साह र जोसजाँगर सहित जिवन मगरले बंगु्र पालन गर्नुभएको छ । उहाँको फर्ममा अहिले साना ठ्ुला गरी २५ वटा बंगुरहरु रहेका छन । विभिन्न जातका ति बंगुरहरुको हेरचाह र दानापानीमैँ जिवन मगर र उहाँको श्रीमतीको दिन बित्ने गर्छ । निकै जाँगरीला यि दम्पतीले तरकारी र खुर्सानी खेती समेत गरेका छन । केहि वर्ष जिल्ला वन कार्यालय रामेछापमा कार्यालय सहयोगी भएर काम गर्नुभएका मगर अहिले गाउँमै फर्म दर्ता गरेर व्यवसायिक रुपमा बंगुरपालन गर्दै आउनुभएको छ । आफुसँग गाउँमै केहि गर्ने योजना भएपनि रकमको अभावले चाहेर पनि ति कामहरु गर्न नसकिएको मगरले गुनासो गर्नुभयो । “ ऋण चाहियो केहि गर्छु भन्दा पनि पत्याएनन्,विदेश जा ऋण दिन्छु भन्ने धेरै भेटिए ।”

मगरले विभिन्न जातका बंगुरसँगै अब माछा पालन गर्ने योजना समेत रहेको सुनाउनुभयो । प्रदेश सरकार , स्थानिय सरकार , विभिन्न संघसंस्थाले आफुलाई सहयोग गरेको खण्डमा गाउँमै कृषि र पशुपालनमा धेरै उपलब्धि गरेर देखाउने मगरको दावि छ । बेरोजगार युवाका लागि देशभित्र नै थुप्रै संभावना रहेकोले धेरैजसो युवालाई गाउँमै बसेर कुनै न कुनै व्यवसाय सञ्चालन गर्न सकिने र त्यसका लागी सरकारले केहि गरौँ भन्ने युवाहरुलाई सहज तरिकाले सहुलियत ऋणको व्यवस्था गरिदिनुपर्ने पर्ने मगरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार