वाग्मती प्रदेश सरकारद्धारा दुई वर्षमा २ सय ६ किलोमिटर सडक निर्माण

वाग्मती प्रदेश सरकारद्धारा दुई वर्षमा २ सय ६ किलोमिटर सडक निर्माण

वाग्मती प्रदेश सरकारले दुई वर्षको अवधिमा सडक नपुगेका गाउँमा २ सय ६ किलोमिटर नयाँ सडक ट्र्याक खोलेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयले गाउँका नागरिकलाई सडकको पुँहुचसम्म पुर्याउनका लागि भनेर दुई वर्षको अवधिमा २ सय ६ किलोमिटर नयाँ सडक ट्र्याक खोलिएको हो ।

निर्देशनालय मातहतका कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७७÷०७८ मा ६६ किलोमिटरमा नयाँ ट्र्याक खोलिएको थियो । त्यसैगरी आर्थिक वर्ष २०७६÷०७७ मा एक सय ३९ दशमलब ४९ किलोमिटर नयाँ सडक ट्«याक खोलिएको यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका सूचना अधिकारी हरिप्रसाद ओझाले बताउनुभयो ।

यसैगरी प्रदेशका विभिन्न जिल्लामा भत्किएका ५ सय ४ किलोमिटर सडकको मर्मत गरिएको उहाँले बताउनुभयो । आर्थिक वर्ष २०७७÷०७८ मा एक सय ४९ दशमलब २२ किलोमिटर सडकको मर्मत तथा आर्थिक वर्ष २०७६÷०७७ मा एक सय ११ दशमलब ४८ किलोमिटर सडकको मर्मत गरिएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार