पेट्रोलियम पदार्थको भाउ १ रुपैयाँ घट्यो

पेट्रोलियम पदार्थको भाउ १ रुपैयाँ घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ १ रुपैयाँ घटाएको छ । गएराति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा १ रुपैयाँ घटाइएको निगमले जानकारी दिएको छ । पेट्रोलको मूल्यअब १ सय २८ रुपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टितेलको मूल्य १११ रुपैयाँ प्रतिलिटर कायमभएको छ ।

निगमले यहीअसार २२ गते पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन (आन्तरिक र अन्तर्राष्ट्रिय उडान) तथाखानापकाउने ग्यासको भाउ बढाएको थियो । निगमले २ रुपैयाँले पेट्रोलियमपदार्थको भाउ बढाएको पनिबिभिन्न ५ वटा विद्यार्थी सङ्गठनको विरोधपटिछ १ रुपैयाँ घटाएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार