निजी आवास पुनर्निर्माणका लागि अनुदान लिने अन्तिम समयसीमा तय

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि अनुदान लिने नयाँ तथा अन्तिम समयसीमा तय गरेको छ । आज बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको हो । नयाँ समयसीमा अनुसार हालसम्म कायम भएका पुनर्निर्माण तथा प्रवलीकरण लाभग्राहीहरुले २०७७ मंसिर मसान्तसम्म अनुदान संझौता गरी २०७७ पौष १५ सम्ममा पहिलो किस्ता लिई सक्नु पर्नेछ । त्यसैगरी, […]

विदेशमा मृत्यु भएर विदेशमै अन्तिम संस्कार भएकाका हकवालाले राहत रकमका लागि निवेदन दिन सक्ने

सरकारले वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भई विदेशमै अन्तिम संस्कारका लागि सहमति प्रदान गर्ने कामदारका हकवालाले सान्त्वना र राहत वापतको रकम लिनका लागि निवेदन दिन आग्रह गरेको छ । वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका र कोभिड–१९ का कारणले शव नेपाल ल्याउन समस्या हुँदा सम्बन्धित मुलुकमा नै अन्तिम संस्कार गरिएका कामदारका हकवालालाई वैदेशिक रोजगार बोर्डले निवेदन […]

होम आइसोलेसेनमा बसेका सङ्क्रमितहरूलाई परामर्श दिने जिम्मा ल्याबलाई

सरकारले होम आइसोलेसेनमा बसेका सङ्क्रमितहरूलाई परामर्श दिने जिम्मा ल्याबलाई दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना परीक्षण गर्ने प्रयोगशालाहरुले टेलि काउन्सेलिङ अर्थात् टेलिफोनमार्फत परामर्श दिनुपर्ने निर्णय गरेको हो । ल्याब सञ्चालन गर्ने अस्पताल वा मेडिकल कलेजले आफैं र अरुले सरकारी वा निजी अस्पतालसँग समन्वय गरी परामर्श दिने व्यवस्था गर्नुपर्ने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले […]

काठमाडौं उपत्यकामा बन्दाबन्दी अगाडीको भाडादर कायर्म गराउन ट्राफिक प्रहरी सक्रिय

काठमाडौं उपत्यकामा बन्दाबन्दी अगाडिको भाडादर कायम गर्न ट्राफिक प्रहरीले सक्रियता देखाएको छ। बढी भाडा लिने चालकलाई पाँच हजार रूपैयाँसम्म जरिवाना गर्न लिन थालिएको छ भने स्वास्थ्य सुरक्षाका मापदण्ड पनि पूरा गराउन थालिएको छ । लकडाउनका बेला सरकारले सिट क्षमताभन्दा ५० प्रतिशत कम यात्रु बोक्न दिँदा भाडा भने ठीक ५० प्रतिशत बढाउन भनेको थियो । तर […]

कोरोना परीक्षण निः शुल्क गर्ने सर्वोच्चको निर्णय विरुद्ध सरकार पुनरावलोकनमा जाने

सरकार सर्वोच्च अदालतले कोरोना परीक्षण निः शुल्क गर्न भनेर दिएको आदेश विरुद्ध पुनरावलोकनमा जाने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत १५ असोजमा सर्वोच्च अदालतले सबै जनताको पिसिआर परीक्षण निःशुल्क गर्नु भन्दै दिएको उत्प्रेषण र परमादेश खारेज गर्न सरकार पुनरावलोकनमा जाने भएको हो ।महामारीको रुपमा देखिएको कोरोना भाइरस परीक्षणका लागि गरिने पिसिआर निःशुल्क हुनुपर्ने […]

गाउँमै बंगुर पालन गरेर स्वरोजगार बन्दै मगर

रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछाप बजारबाट नजिकै छ, सिम्ले गाउँ । झुरुम्म परेको मगर बस्ती त्यहि बस्तीमा छ, जिवन मगरको घर । गाउँमै केहि गरौँ भन्ने उत्साह र जोसजाँगर सहित जिवन मगरले बंगु्र पालन गर्नुभएको छ । उहाँको फर्ममा अहिले साना ठ्ुला गरी २५ वटा बंगुरहरु रहेका छन । विभिन्न जातका ति बंगुरहरुको हेरचाह र […]

नेपालमा विदेशी टेलिभिजन च्यानलहरूमा विज्ञापनरहित प्रशारणको व्यवस्था आजबाट लागु हुँदै

नेपालमा सञ्चालन हुने विज्ञापन एजेन्सीहरू अब अनिवार्य रूपमा विज्ञापन बोर्डमा दर्ता हुनुपर्ने भएको छ । सरकारले विज्ञापन नियमावली जारी गरी यो व्यवस्था गरेको हो । आजबाट नेपालभर विदेशी टेलिभिजन च्यानलहरूमा विज्ञापनरहित प्रशारण (क्लिफिड) को व्यवस्था लागु गर्ने निर्णयको कार्यान्वयनका लागि विज्ञापन नियमावली जारी गरिएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले यही कात्तिक […]

धुलिखेल अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा लाग्ने खर्च निर्धारण

सरकारले कार्तिक २ गतेदेखि कारोनाभाईरसबाट सङ्क्रमितआफैंले उपचार खर्च बेहोर्नुपर्ने प्रावधान ल्याएपछि कोरोना सङ्क्रमितको उपचार गर्दै आएका अस्पतालहरूले धमाधमखर्च निर्धारण गरिरहेका छन् । काभ्रे जिल्लाको धुलिखेल अस्पतालले पनि एक सूचनाजारी गर्दै कोरोनाबाट सङ्क्रमितभएकाहरुलाई दैनिक रुपमालाग्ने उपचार खर्चको विवरण सार्वजनिक गरेको छ । अबकोरोना सङ्क्रमितले धुलिखेल अस्पतालमा भर्ना हुनुभन्दा अगाडि नै अस्पतालको नगदशाखामा ५० हजार देखि २ […]

सुकाजोरमा घर घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

दशैँलाई लक्षित गर्दै रामेछाप नगरपालिका वडा नम्बर ७ सुकाजोरले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । लामो समयको लकडाउन र अहिले दशैँलाई लक्षित गर्दै घरघरमा पुगेर समाजिक स्ुरक्षा भक्त वितरण गरिएको वडाअध्यक्ष समिर कार्कीले बताउनुभयो । दशैँको चहलपहल सुरु भईसकेको अवस्थामा सामाजिक सुरक्षा भत्ता पाउन योग्य नागरीकहरुलाई चाडपर्व मनाउन सहयोग पुगोस भन्ने उद्धेश्यका […]

रामेछाप नगरपालिकाद्धारा बजार अनुगमन

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले बजार अनुगमन गरेको छ । चाडपर्वलाई मध्यनजर गर्दै नगरपालिकाको मुख्य बजार पुरानो सदरमुकाम समेत रहेको रामेछाप बजारका विभिन्न पसल, व्यावसाय, औषधी , होटल , हार्डवेयर पसल लगायतको पसलहरुको अनुगमन गरेको हो । रामेछाप नगरपालिकाका प्रशासन शाखा प्रमुख नारायण सु्वेदीको नेतृत्वमा भएको बजार अनुगमनका क्रममा केहि पसलहरु नगरपालिकामा दर्ता नभएको, दर्ता गरेपनि […]