मूल्य बढाएको दुई सातापनि नबित्दै फेरि इन्धनको मूल्य बढ्यो

मूल्य बढाएको दुई सातापनि नबित्दै फेरि इन्धनको मूल्य बढ्यो

नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । मूल्य बढाएको दुई सातापनिनबित्दै निगमले हिजो फेरि इन्धनको मूल्य बढाएको हो ।गतअसार १० गते राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक सय २७ रुपैयाँबनाएको थियो । पुनः प्रतिलिटर २ रुपैयाँले बढाएर पेट्रोलको मूल्य एक सय २९ रुपैयाँ पु¥याएको छ ।

डिजेल÷मटितेलको मूल्यअब प्रतिलिटर २ रुपैयाँ बढेर एक सय १२ रुपैयाँपुगेको छ ।हवाई इन्धनआन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँले बढाएर ८४ रुपैयाँ, हवाई इन्धन (अन्तर्राष्ट्रिय) को प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएर ७ सय ४५ डलर पु¥याईएको छ ।खानापकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँका दरले वृद्धि गरेर १४ सय २५ रुपैयाँकायमगरिएकोछ ।गतवर्ष लकडाउनमा निगमले उच्चनाफा राखेर तेल बचेको थियो ।

अन्तराष्ट्रिय बजारमाकच्चा तेलको भाउघट्दा मूल्य नघटाउने निगमले बढ्दा भने घाटा भएको कारण देखाउँदै लगातार मूल्य बढाइरहेको छ ।गत जेठ २२ गते निगमले पेट्रोल, डिजेल÷मटितेल तथाहवाइइन्धन (आन्तरिक)को साबिकको विक्रीमूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको थियो । निगमले भविष्यमाअझै मूल्य बढ्न सक्ने बताएको छ ।मूल्यवृद्धिको चौतर्फी विरोध भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार