कोरोना सङ्क्रमित एक महिलाको मृत्यु

कोरोना सङ्क्रमित एक महिलाको मृत्यु

कोरोना सङ्क्रमित एक महिलाको आज शुक्रबार उपचारकै क्रममा निधन भएको छ । पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका– ११ घर भएकी ८५ बर्षका महिलाको नारायणी अस्पतालमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट नेपालमा निधन हुनेको संख्या ४४ पुगेको छ ।सरकारकोरोना सङ्क्रमित एक महिलाको आज शुक्रबार उपचारकै क्रममा निधन भएको छ । पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका– ११ घर भएकी ८५ बर्षका महिलाको नारायणी अस्पतालमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै कोरोना सङ्क्रमणबाट नेपालमा निधन हुनेको संख्या ४४ पुगेको छ । यस्तै सरकारले लकडाउन हटाएसँगै कोरोना सङ्क्रमितको संख्या हरेक दिन २२ देखि २५ प्रतिशतका दरले थपिरहेको छ । पछिल्लो २४ घन्टामा गरिएको परीक्षणमा थप एक सय ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीन हजार नौ सय ८७ जनाको परीक्षण गर्दा एक सय ३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म सङ्क्रमित हुनेको संख्या १८ हजार तीन सय ७४ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार सक्रिय सङ्क्रमित भने ५ हजार तीन सय ८३ रहेको छ । कोरोना सङ्क्रमण मुक्त भई एक सय सात जना डिस्चार्ज भएका छन् । हालसम्म सङ्क्रमण मुक्त हुनेको संख्या १२ हजार नौ सय ४७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार