नुवाकोटमा घरले पुरिदा एक जनाको मृत्यु, पहिरोले ६ घर वगायो

नुवाकोटमा घरले पुरिदा एक जनाको मृत्यु, पहिरोले ६ घर वगायो

नुवाकोटको पुर्वी भेग वेलकोटगढीमा अविरल वर्षाका कारण आएको पहिरोले घर पुर्दा एक जनाको मृत्यु भएको छ । अविरल वर्षासंगै पहिरो जांदा दुइपीपलमा वस्ती नै वगाएको छ । सदरमुकाम विदुरदेखि २५ किलोमिटर पुर्वमा रहेको वेलकोटगढी नगरपालिका वडा नं. ८ हर्रे पिर्यनडांडामा आज घर लडेर पुरिदा घरधनी ६८ वर्षिय अक्कलवहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । एक्लै वस्दै आउनुभएका तामाङलाइ विहान ३ वजे सुतिरहेका वेला घर लडेर पुरेको थियो । अविरल वर्षासंगै आएको पहिराले वेलकोटगढी नगरपालिका वडा नं. ५ दुइपीपल डवली नजिकै दलित वस्ती वगाएको छ । ६ घर पुर्ण रुपले वगाएको छ भने अन्य १२ घर जोखिममा रहेको वडाध्यक्ष अनन्तप्रसाद नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार पहिराले कृष्ण वर्देवा, विन्दा वर्देवा, कृष्ण श्रेष्ठ, रामकुमार श्रेष्ठ, पुर्णवहादुर श्रेष्ठ र त्ुलसीदाश श्रेष्ठको घर वगाएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार