केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल

केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल

नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज दुई घण्टा छलफल भएको छ । दुई अध्यक्षबीच बालुवाटारमा बिहान ११ बजेदेखि एक बजेसम्म छलफल भएको हो । पार्टीमा देखिएको विवाद समाधानका उपायबारे दुई अध्यक्षबीच छलफल भए पनि ठोस निर्णय भने भएको छैन । केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने विषयमा चुलिएको विवाद समाधान भइसकेको छैन । पछिल्लो समय अब महाधिवेशनपछि नेतृत्व फेर्ने कुरामा दुवै समूहबीच सहमति जुटेको बताइएका बेला ओली–दाहालबीच छलफल भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार