भारतमा कोरोना भाइरस सङ्क्रमणको दर दिन प्रतिदिन बढ्दै

भारतमा कोरोना भाइरस सङ्क्रमणको दर दिन प्रतिदिन बढ्दै

भारतमा कोरोना भाइरस सङ्क्रमणको दर दिन प्रतिदिन बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ४९ हजार ३ सय १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा एकैदिनमा यति धेरै व्यक्तिमा सङ्क्रमण देखिएको यो पहिलो पटक हो । योसँगै भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या १२ लाख ८७ हजार ९ सय ४५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट थप ७ सय ४० जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३० हजार ६ सय १ पुगेको छ । हिजो भारतमा ४५ हजार ७ सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने एक हजार १ सय २९ जनाको मृत्यु भएको थियो । कोरोना पुष्टि भएकामध्ये ८ लाखभन्दा बढी निको भएका छन् । भारतमा कोरोना भाइरसबाट सबैभन्दा बढी महाराष्ट्र राज्य प्रभावित भएको छ । आज बिहानसम्म महाराष्ट्रमा संक्रमितको संख्या तीन लाख ४७ हजार ५ सय २ पुगेको छ

यसैबीच, भारतको बिहार र आसाममा भारी बर्षापछी आएको बाढी पहिरोले लाखौं बिस्थापित भएका छन् । भारतको ब्रम्हपुत्र नदीको बहाव बस्तीमा प्रवेश गरेको छ । नदीले मानबिय क्षति पनि गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । सयौं घर डुबानमा परेका छन् । आसाम र बिहारमा हालसम्म पनि भारी बर्षा जारी रहेकाले उद्धार कार्यमा कठिनाई भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार