छोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा बाबु पक्राउ

आफ्नै छोरीलाई जवरजस्ती करणी गरेको आरोपमा बाजुराको बुढिगंगा नगरपालिकामा ६५ वर्षका एक पुरुष पक्राउ परेका छन् । आफ्नै १४ वर्षका छोरीलाई विगत पाँच वर्षदेखि जबर्जस्ती करणी गर्दै आएको पीडित बालिकाले बयानका क्रममा सार्वजनिक गरेकी हुन् । १४ वर्षका छोरीको पेटमा बच्चा बसेको थाहा पाएपछि बाबुले करणी गरेको घटना सार्वजनिक भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी […]

प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जना प्रहरीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

प्रहरी प्रधान कार्यालय काठमाडौंमा कार्यरत चार जना अधिकारीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालस्थित सवारी शाखामा कार्यरत चार जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालयले जनाएको हो । प्रहरी अस्पतालमा गरिएको परीक्षणमा चार जनालाई सङ्क्रमण देखिए पनि थप पुष्टिका लागि टेकु अस्पताल पठाइएको नेपाल प्रहरीका प्रवक्ता डीआईजीपी […]

निगमले आउँदो हप्ता देखि उद्धार उडान गर्ने

विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि जुलाई ३१ अर्थात अबको पाँच दिन पछि चौथो चरणको उद्धार उडान गरिने भएको छ । विदेशबाट नेपाली फर्काउन नेपालका तर्फबाट दुई नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले उद्धार उडान गर्ने भएका हुन् । छिट्टै उद्धार उडानको तालिका बनाइने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । यसैबीच निगमको जुलाई २७ तारिखका […]

नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय ३० जनामा कोरोना सङक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको जम्मा संख्या १८ हजार ६ सय १३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज नियमित जानकारी गराउने क्रममा जनाएको हो । पछिल्लो २४ घण्टामा ७५ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो […]

रामेछापका ५३० जनाको पीसीआर परीक्षण, ५६ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा आईतबार अर्थात आजसम्म ५ सय ३० जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यसमध्ये विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका २३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने संक्रमित २ जनाको उपचार भैरहेको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख जितेन्द्र कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ५ सय […]

सुनको भाउ बढ्यो तोलाको ९६ हजार ३ सय रुपैंया

सुनको भाउले आज पनि नयाँ रेकर्ड राखेको छ । पछिल्लो केही दिनदेखि बढेर दैनिक नयाँ रेकर्ड कायम गरिरहेको सुनको मूल्यले आइतबार पनि नयाँ रेकर्ड कायम गरेको छ । आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो। आईतबार छापावाला सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९५ हजार ८६० […]

विश्वभरका लगभग १ करोड कोरोना सङ्क्रमित निको

विश्वभर कोरोना सङ्क्रमण निको हुनेको संख्या ९९ लाख नाघेको छ । अहिलेसम्म १ करोड ६१ लाख ८९ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि हुँदा ९९ लाख ७ हजार २ सय ३२ जना उपचारपछि निको भएको वल्डोमिटरले जनाएको छ । वल्डोमिटरका अनुसार गएको २४ घण्टामा १ लाख ९० हजार ४ सय ४२ जना उपचारपछि निको भएका हुन् […]

आज बदलीसहित केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने

देशभरमा आज सामन्यतया बदलीसहित केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ । मनसुनी वायु तथा मनसुनी न्यून चापीय रेखाको प्रभावका कारण बदली तथा वर्षा हुने भएको हो । विगत केही दिनको तुलनामा मनसुन केही कमजोर भए पनि निष्क्रिय नरहेको मौसमविद शान्ति कँडेलले बताउनुभयो । पूर्वदेखि पश्चिमका विभिन्न स्थानमा […]

नेकपाभित्र साम्य हुन खोजेको विवाद फेरि चर्कियो

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र साम्य हुन खोजेको विवाद फेरि चर्किएको छ । शीर्ष तहका नेताहरू नै सार्वजनिक रुपमा आरोपप्रत्यारोप उत्रिएका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नोपालले प्रधानमन्त्री लक्षित गरी सार्वजनिक रूपमा नै आरोप लगाउनु थाल्नुभएको छ । अध्यक्ष एवं प्रधानमन्त्री ओली निकट नेताहरू सार्वजानिक रूपमा त्यसको प्रतिवादमा उत्रिएका छन् […]

कांग्रेसबाट गोविन्दराज जोशीसहित तीन नेता निस्काशित

नेपाली कांग्रेसले पूर्वसहमहामन्त्री गोविन्दराज जोशीलाई पार्टीबाट निस्काशन गरेको छ ।कांग्रेसको अनुशासन समितिले नेता जोशीसहित पूर्वमन्त्री पुस्करनाथ ओझा र रामबहादुर विष्टलाई पार्टीबाट निकालेको हो । पूर्वमन्त्रीसमेत रहेका जोशीलाई गत निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएको आरोपमा ५ वर्षका लागि पार्टीबाट निस्काशन गरिएको समितिले जनाएको छ । समितिले पूर्वमन्त्री एवं कैलालीका महासमिति सदस्य ओझालाई पनि […]