समयको सिंहाबलोकन

समयको सिंहाबलोकन

प्रशिद्ध दार्शनिक एबं राजनीतिक चिन्तक एरिष्टोटलले ९राजनीति भन्दा बाहिर यात भगवान हुन्छन् यात पशु हुन्छन् भनेका छन् ०यो भनाई प्रती फरक मत राख्न सकियला। राख्न सकिन्छ ।तर यहाँ यो भनाई प्रती टिप्पणी वा खेद प्रकटीकरण गर्नु मेरो उदेष्य होईन। उदेष्य होत हाम्रा नेपालका नेताज्यूहरू पशु हुन् वा पशु होईनन्। त्यसैले राजनीति गरेका हुन् प्रश्न उठाउनु हो। अलि अगाडि जाऔ । बिनाशकारी भूकम्प होस् या लामो अघोषित नाकाबन्दी होस् या अहिलेको कोरोना भाईरसले उत्पन्न गराएको सामाजीक समस्या होस् ।आम जनताको लागि मात्र माहा संङ्कट हुनेरहेछ।त्यस्तो माहा संकटमा पनि हामी जस्ता भूई मान्छे माथी शासन गर्ने अभिजात बर्ग ब्यापारी नाफाखोरी सुदखोर र तिनले चलाउने शासकहरू र राजनीति गर्ने हरूका लागि सुनौलो अबसर हुनेरहेछ ।यहि नै यो समयको तथ्य हो।झुटो बाचा र बकम्फूसे आश्वासन र असंम्भब सपनाको खेति तिनै राजनीति गर्नेहरूलेनै गरिरहेकाछन्।तिनैले लाखौ जनता र नागरिकलाई कुहिरोको काग बनाएर सत्ताको लागि कुर्सीका लागि अन्धराष्ट्रबादको गित पनि गाईरहेकाछन् ।

आम नागरिक हामी जनता यति धेरै पिडित हुदा यति धेरै आहात हुदा राजनीति र सत्ताको नाच नाच्ने कुर्सी पिपासुहरूले सपना मात्र बाडिरहेका छन्।आम नेपाली जनता कोरोनाको कहर सगै अभाब महङ्गी तस्करी अबैध व्यापार कालो बजारी र बेरोजगारको मलीन अनुहार लिएर बाच्न बिबस छ यो समय।यस्तो जर्जर अबस्थामा पनि उद्दार राहत कल्याण नया निर्माण वा समृद्धि त तस्कर भ्रष्टचारी र स्वच्छाचारीहरूले चलाउने नियम पो हुदोरहेछ।तिनीहरूलेनै राहतको नाममा होस् यात औषधिको नाममा होस् यात खाद्यान्न लत्ता कपडा स्वास्थ सामग्रीको नाममा होस् आपूर्ति गरेर अबैध व्यापार मार्फत मोटो रकम कमाईरहेकै छन्।त्यस भन्दा बाहिर आम जनता औषधी नपाएर मरे मरून् ।दिन दहाडै पहिरो र भूक्षयले सयौको ज्यान गए जाउन्।हिउदमा चिसोले कठ्याङ्ग्रीएर कठोर मृत्यु भोगे भोगुन्।यहाका राजनीति गर्नेहरूलाई यसले कति छोयो होला ।तस्कर र भ्रष्टाचारीहरूको संरक्षण गर्नु सुबिधा र सहुलियत पनि तिनैलाई उपलब्ध गराउनु यहाका शासकहरूको नियती बनेको छ।

बिदेसी अनुदान भनौ वा राहत दिने कुरा भनौ जताततै भ्रष्टाचारको गन्ध आउछ ।यो समय कोरोनाले ल्याएको आर्थिक सामाजीक र मानसिक क्षयिकरणको संकटलाई नजर अन्दज गर्नुको साटो यहाका शासक बर्ग सत्ताको गित गाईरहेछन्।राजनीतिक दलका नेता र त्यही दलका नेताले चलाएको यो सरकारले रोम राज्यको ईतिहासलाई पुनराबृति गराएझै प्रतित हुन्छ।अन्त्यमा एरिष्टोटललाई जोड्दै एरिष्टोटलको त्यो समयको त्यो कथन् को सान्दर्भिकता यो समय आएर कहाँ पुष्टि हुन सक्छरुराजनीति गर्नेहरूनै संबेदनहिन र मानबियहिन पशुहरूको सामुहिक चेतना भएपछी…

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार