कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखापरेका थप तीन जनाको मृत्यु

कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखापरेका सप्तरीका तीन जनाको मृत्यु भएको छ । मलेसियाबाट आएर घरमा नै क्वारेन्टाइनमा बसेका एक जना र नीजि अस्पतालमा उपचार गराउँदै आएका अन्य दुई जनाको मृत्यु भएको हो । जिल्लाको रुपनी गाउँपालिका ५ स्थित गढियामा डेढ् महिनाअघि मलेसियाबाट आएका ४५ वर्षका पुरुषमा हिजो एक्कासी ज्वरो आएको र श्वास फेर्न समस्या भएपछि […]

सुनको मूल्य १ लाख नाघ्यो

आज नेपाली बजारमा सुनको मूल्य १ लाख नाघेको छ । नयाँ रेकर्ड राखिरहेको छापावाल सुनको मूल्य आज१ लाख १ हजार ४ सय रुपैयाँ कायम भएको छ । एकैदिन १६ सय रुपैयाँले बढेर सुनको मूल्य एक लाख नाघेको हो । मंगलबार छापावाल सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँका कारोबार भएको थियो । तेजावी सुन आज […]

काठमाडौं उपत्यका भित्रिने नाकामा थप कडाई

काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको सख्या बढेसँगै उपत्यका भित्रिने नाकाहरुमा कडाई गरिएको छ । सरकारले लकडाउन केही खुकुलो बनाएसँगै विभिन्न नाका हुँदै काठमाडौं भित्रिनेहरुको संख्या बढ्दै गएपछि केही दिन नाकामै स्वाव संकलन गरेको सरकारले अहिले भने सवारी पास जाँचमा पनि कडाई गरेको छ । उपत्यका प्रवेश पास नभएका सवारी साधनलाई प्रहरीले नाकाबाटै फिर्ता पठाएको छ । […]

नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ६० पुग्यो

नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ६० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड–१९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो समय थप २ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ६० पुगेको बताएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पर्साका दुई जनाको आज कोरोना सङ्क्रमणका कारण मृत्यु भएको जानकारी […]

पर्याप्ता ज्ञानबिनै विषादी प्रयोग गर्छन किसान

केही वर्षयता तरकारी र फलफूलको व्यवसायिक खेति गर्ने किसानाको सङ्ख्या बढेको छ । तीनै तहका सरकारले किसान मैत्री नीति लिएका कारण, कृषिमा व्यवसायिकता बढेको हो । तर उत्पादन बढाउने र धेरै कमाउने लोभमा किसानले तरकारी तथा फलफूलमा जथाभावी विषादी हालिरहेका छन् । भेटेनरी वा एग्रोभेटबाट किनेको विषादी प्राविधिकसँगको सल्लाह बिनै, सिधै खेतबारीमा प्रयोग हुन्छ । […]

कोरोना सङ्क्रमण रोक्न प्रदेश दुईमा स्वास्थ्य पूर्वाधारको अभाव

प्रदेश नम्बर २ मा मात्रै कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ५ हजार ४५ पुगेको छ । हालसम्म १९ जनाको मृत्यु भइसकेको छ । पर्सा, सप्तरी, रौतहट लगायत केही जिल्लामा कोरोना समुदाय स्तरमा नै फैलियो कि भन्ने चिन्ता छ । तर कोरोना रोकथामका लागि प्रदेश २ मा स्वास्थ्य सम्बन्धी पूर्वाधारको व्यवस्था भने पर्याप्त हुन सकेको […]

कोरोना सङ्क्रमण नियन्त्रण गर्न देशका १३ जिल्लामा निषेधाज्ञा जारी

कोरोना सङ्क्रमण नियन्त्रणका लागि स्थानीय सरकारहरूले धमाधम लकडाउन अथवा निषेधाज्ञा लगाउन थालेका छन् । लकडाउन खुलेसँगै तीव्र रुपमा लक्षणसहित कोरोना भाइरसको सङ्क्रमण बढेपछि प्रदेश २ को ६ जिल्लासहित १३ वटा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । प्रदेश २ को ठूला शहर, सदरमुकाम र अरु जिल्लामा स्थानीय तह वडासम्म पनि निषेधाज्ञा लगाइएको छ । प्रदेश २ […]

अख्तियारका १५ जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीहरुमा गरिएको पिसिआर परीक्षणमा १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पीसीआर परीक्षणका लागि आइतबार अख्तियार परिसरमा स्वाब संकलन गरेको थियो । १ सय ८२ जनाको स्वाब संकलन गरिएकोमा १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । महाशाखाका महानिर्देशक डा. वासुदेव पाण्डेका […]

सरकारको प्रयासले मात्रै कोरोना नियन्त्रण गर्न नसकिने प्रधानमन्त्री ओलीको भनाइ

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रयासले मात्रै कोरोना नियन्त्रण गर्न नसकिने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विज्ञ र विभिन्न राजनीतिक दलका नेताहरूसँगको परामर्श बैठकमा प्रधानमन्त्री ओलीले सङ्कटलाई विरोध गर्ने अवसरका रूपमा नलिन पनि आग्रह गर्नुभयो । प्रधानमन्त्रीले कोभिड नियन्त्रण सरकारले गर्ने कामले मात्र नपुग्ने र जनतामा चेतना बढाउन आवश्यक रहेको बताउनुभयो । कहिले लकडाउन […]

आज थप २५९ जनामा कोरोना भाइरस सङ्क्रमण, काठमाडौंमा ६२ जना सङ्क्रमित

पछिल्लो २४ घण्टामा देशमा २५९ जनामा कोरोना भाइरस कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ६८७ नमुना परीक्षण गर्दा काठमाडौं उपत्यकामा मात्र ६२ जनामा सङ्क्रमण देखिएको छ । यससँगै देशभर कुल सङ्क्रमितको संख्या २१ हजार ९ पुगेको छ । यस मध्ये ५८ जनाको मृत्यु भएको छ भने १५ हजार २० जना निको […]