अख्तियारका १५ जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि

अख्तियारका १५ जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीहरुमा गरिएको पिसिआर परीक्षणमा १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पीसीआर परीक्षणका लागि आइतबार अख्तियार परिसरमा स्वाब संकलन गरेको थियो । १ सय ८२ जनाको स्वाब संकलन गरिएकोमा १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । महाशाखाका महानिर्देशक डा. वासुदेव पाण्डेका अनुसार सङ्क्रमण देखिएकामा अख्तियारमा कार्यरत सुरक्षाकर्मीको संख्या धेरै छ । अख्तियारबाट प्रहरी प्रधान कार्यालय सरुवा भएका एक सईमा सङ्क्रमण पुष्टि भएपछि अख्तियारमा कोरोना परीक्षण गरिएको हो । महाशाखाले आज प्रधानमन्त्री निवास बालुवाटारभित्र स्वाब संकलन गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार