पार्टीको कुनै पनि गुटमा नलाग्ने नेकपा उपाध्यक्ष गौतमको भनाइ

पार्टीको कुनै पनि गुटमा नलाग्ने नेकपा उपाध्यक्ष गौतमको भनाइ

नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेव गौतमले आफू पार्टीको कुनै पनि गुटमा नलाग्ने प्रष्टीकरण दिनुभएको छ । आज विहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा गौतमले आफू सानो, ठूलो कुनै पनि गुटमा नलाग्ने बताउनुभएको हो । गौतम निवासमा पुग्नुभएका अध्यक्ष प्रचण्डले सोधेको प्रश्नमा उहाँले कुनै गुटमा पनि नलाग्ने जवाफ दिनुभएको छ । गौतमले आफू पार्टी एकताप्रति दृढ रहेको भन्दै कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नरहेको पनि प्रचण्डलाइ जवाफ दिनुभएको थियो । पार्टीमा समाधान खोज्न भन्दै साउन १३ गते गौतमले प्रधानमन्त्री ओलीको समर्थनमा देखिने जस्तो ६ बुँदे प्रस्ताव ल्याएपछि पार्टी भित्र गुटको बहस थप बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार