पर्याप्ता ज्ञानबिनै विषादी प्रयोग गर्छन किसान

पर्याप्ता ज्ञानबिनै विषादी प्रयोग गर्छन किसान

केही वर्षयता तरकारी र फलफूलको व्यवसायिक खेति गर्ने किसानाको सङ्ख्या बढेको छ । तीनै तहका सरकारले किसान मैत्री नीति लिएका कारण, कृषिमा व्यवसायिकता बढेको हो । तर उत्पादन बढाउने र धेरै कमाउने लोभमा किसानले तरकारी तथा फलफूलमा जथाभावी विषादी हालिरहेका छन् । भेटेनरी वा एग्रोभेटबाट किनेको विषादी प्राविधिकसँगको सल्लाह बिनै, सिधै खेतबारीमा प्रयोग हुन्छ । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढीका किसान नेत्र धिताल प्राविधिकहरूसँगको कम पहुँच र विषादी प्रयोगका विषयमा पर्याप्त ज्ञान बिना नै विषादी प्रयोग गर्ने गरेको बताउनुहुन्छ । प्रतिबन्धित विषादी पनि गाउँघरका भेटेनरी वा एग्रोभेटमा पाईन्छ ।

विषादी किनबेचमा कुनै अनुगमन छैन । नेपालमा अहिले प्रति हेक्टरमा ३ सय ९६ मिलिग्राम सक्रिय खालको विषादी खेतबारीमा प्रयोग भईरहेको छ । विषादीको विक्रि वितरणमा ध्यान नदिँदा किन्नेलाई मात्रै होइन, बेच्नेलाई पनि असर पु¥याउने विषादी एग्रोभेट सञ्चालक तथा विषादी व्यवसायी महासंघका महासचिव रामचन्द्र कार्कीको भनाइ छ । प्लान्ट क्वारेन्टाईन एवम् विषादी व्यवस्थापन केन्द्रका अनुसार देशभर ११ हजारले विषादी विक्रि वितरणको लागि इजाजतपत्र लिएका छन् । इजाजत लिएकाले ६ दिनसम्मको तालिम लिएर परीक्षा उत्तिर्ण गरेपछि मात्र विषादी विक्री वितरण गर्न पाउँछन् । तर किसानले चाहिने भन्दा बढि मात्रामा प्रयोग गर्ने भएकाले समस्या भएको केन्द्रका प्रमुख सहदेव हुमागाई बताउनुहुन्छ ।

विषदी प्रयोग गरिसकेपछि पर्खनुपर्ने समयमा पनि किसानले ध्यान नदिएका कारण समस्या भएको उहाँले बताउनुभयो । सबैभन्दा धेरै भारतबाट ९० र चिनबाट ६ प्रतिशत रासायनिक विषादी नेपालमा ल्याईन्छ । बाँकी थाइल्याण्ड र टर्कीबाट भित्रीने गरेको छ । गत आर्थिक वर्षमा ८ सय ९ मेट्रिक टन विषादी आयात भएको थियो । विषादीको प्रयोग र विक्री वितरण सावधानी नअपनाए यसले गम्भीर खालको असर गर्ने बताउनुहन्छ, रसायन व्यवस्थापन परियोजनाका राष्ट्रिय कार्यक्र संयोजक, डा. भुुपेन्द्र देवकोटा । तरकारी र फलफूल लगायतका खाद्यबालीमा जथाभावी प्रयोग गरिने विषादीले क्यान्सर, बाँझोपन र मुटुरोग जस्ता गम्भीर प्रकारका रोग निम्त्याउने चिकित्सहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार