आत्महत्या भनिएको सिन्धुलीको चियाबारी घटना रहस्यमय बन्दै

सिन्धुलीमा गत असोज १६ गते राती आफ्नै सलको पासो लगाई आत्महत्या गरेकी भनिएकी १९ वर्षीया पुष्पा भुजेलको घटना रहस्यमय बन्दै गएको छ । कमलामाई नगरपालिका वडा नंंं.२ चियाबारी निवासी भुजेलले घरमा झुण्डिएर आत्महत्या गरेपछि उनकै श्रीमानले माइतीतर्फका एक जना दाइलाई राती २ः३० बजे खबर गरेका थिए । उनको आत्महत्या नै भएको परिवारका सदस्यले बताइरहेका बेला […]

हालसम्म रामेछापका १७३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा कोरोना संक्रमण फैलिएदेखि आजसम्मको अवद्यिमा रामेछापका १७३ जनामा कोरोना संक्रमण पुष्टि छ । जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका ८१ जना र जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका ९२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । संक्रमति मध्ये धेरै जना निको भईसकेका छन भने […]

रामेछाप गोकुलगंगाका थप ४ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यहि असोज १६ गते गाउँपालिकाबाट पिसिआर परीक्षणका लागी स्वाब संकलन गरी पठाइएका मध्ये ४ जनामा आज कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । २ जना महिला र २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । […]

सिन्धुलीका निजी विद्यालयहरूले ५ महिनाको शुल्क नलिने, शिक्षकहरूले पनि तलब पाउने

निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) मा आबद्ध सिन्धुलीका निजी विद्यालयहरुले ५ महिनाको शुल्क नलिने भएका छन् । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) सिन्धुलीले आईतवार हिजो सिन्धुलीमाढीमा पत्रकार सम्मेलनको आयोजना गरी विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसका कारण पठन पाठन नभएको ५ महिनाको कुनै पनि शुल्क नलिने घोषणा गरेको हो । कोरोना भाईरसका कारण […]

तातोपानी नाका आजबाट सञ्चालन हुने

गत असोज १३ गते नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच तातोपानी नाका सुचारु गर्ने सहमति भएसँगैं आइतबारबाट चिनियाँ सामग्री आउन सुरु गरेको छ । हिजो ११ कन्टेनर कपडा र कच्चा पदार्थ आएको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो ।चिनियाँ पक्षले सामान मितेरी पुलमा अनलोड गरेको हो ।भन्सार जाँचपास पछि केही दिनमा ती सामग्री काठमाण्डौं […]

अहिले बसोबास गरिरहेको स्थानबाट दसैँ मनाउन सरकारको आग्रह

सरकारले अहिले बसोबास भइरहेको स्थानबाट यसपालीको दसैँ मनाउन अपिल गरेको छ । कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण बढिरहेका बेला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दसैँका लागि यात्रा नगर्न आग्रह गरेको हो । कोरोना भाइरस सम्बन्धी नियमित जानकारी दिने क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हिजो यस्तो आग्रह गर्नुभएको हो । साथै जनस्वास्थ्यको मापदण्डमा कडाइ गर्ने […]

नेपालमा पछिल्लो २४ घण्टामा २२ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा २२५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप २२५३ जनामा कोरोना संक्रमण पुष्टि जानकारी दिनुभयो । योसहित नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ८६ हजार ८२३ पुगेको छ । पछिल्लो २४ घण्टामा १३२९ जना कोरोना संक्रमित निको भई डिस्चार्ज […]

कोरोना संक्रमण देखिएपछि रामेछाप नगरपालिका ५ दिनका लागी बन्द

रामेछाप जिल्लाको रामेछाप नगरपालिका ५ दिनका लागी बन्द गरिएको छ । नगरपालिकाका एक जना वडाअध्यक्ष सहित कार्यालय सहयोगी पदमा कार्यरत एक महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सम्पुर्ण सेवाहरु बन्द गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादेले बताउनुभयो । आजदेखि शुक्रबारसम्म नगरपालिकाको कार्यालय बन्द रहने छ । नगरपालिकामा कार्यरत सबै […]

वडाअध्यक्ष सहित रामेछापका थप ३ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लाका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रामेछाप नगरपालिकाका एक जना वडाअध्यक्ष सहित आज थप ३ जनामा कोरोना संक्रमण देखिएको हो । रामेछाप नगरपालिकाका वर्ष ६१ का एक वडाअध्यक्ष , रामेछाप नगरपालिकाको कार्यलयमा कार्यरत वर्ष ४२ की एक महिला कार्यलय सहयोगी र मन्थली नगरपालिकाका एक पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय […]

आज देशका केही स्थानमा हल्का वर्षाको सम्भावना

आजदेशका केही स्थानमा हल्का वर्षा हुने भएको छ । जल तथा मौसम वित्रान विभागका अनुसार प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने छ।प्रदेश १ का थोरै स्थान तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको विभागको मौसम पूर्वानुमान […]