आत्महत्या भनिएको सिन्धुलीको चियाबारी घटना रहस्यमय बन्दै

आत्महत्या भनिएको सिन्धुलीको चियाबारी घटना रहस्यमय बन्दै

सिन्धुलीमा गत असोज १६ गते राती आफ्नै सलको पासो लगाई आत्महत्या गरेकी भनिएकी १९ वर्षीया पुष्पा भुजेलको घटना रहस्यमय बन्दै गएको छ । कमलामाई नगरपालिका वडा नंंं.२ चियाबारी निवासी भुजेलले घरमा झुण्डिएर आत्महत्या गरेपछि उनकै श्रीमानले माइतीतर्फका एक जना दाइलाई राती २ः३० बजे खबर गरेका थिए । उनको आत्महत्या नै भएको परिवारका सदस्यले बताइरहेका बेला युवतीको माइती पक्षले आत्माहत्या नभई हत्या नै भएको निश्कर्षसहित जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएपछि आत्महत्या भनिएको घटनाले अर्को रुप लिएको हो ।

गएको असारको २७ गते चियाबारीका अमन भनेर चिनिने गोपी थापासँग भागेर प्रेम बिबाह गरेकी पुष्पाको शवलाई सिन्धुली अस्पतालमा माइती पक्षका आफन्तजनलाई देख्न र फोटोसमेत खिच्न नदिई पोष्ट मार्टमपछि लगेर जलाइएपछि उक्त घटना आत्महत्या नभई हत्या नै भएको दाबी गर्दै माइती पक्षले अनुसन्धान गर्न माग गरेका छन् ।
भागी बिहे गरेको ८२ दिन उनको रहस्यमय मृत्य भएपछि सिन्धुलीमा आत्महत्या नभई हत्यानैं हो कि ? भन्ने कुराले सन्देह पैदा गराएको छ । सलको पासो लगाएर झुण्डिएको सल आगोले पोलिएको, मृतकको शरिरमा निल डाम देखिएका, उनी गर्भवतीसमेत रहेको र श्रीमानको ढाडमा कोतरिएका डामहरु देखिएपछि त्यसले घटनालाई थप जटिल मोडतिर धकेलिदिएको छ ।

पिडित पक्षले पोष्मार्टमको समयमा शव हेर्न खोज्दा प्रहरी र केटा पक्षले हेर्न नदिएको र दाहासंस्कारको समयमा पनि अन्तिम पटक शव हेर्छौं भन्दा अबरोध गरेको मृतकका दाजु पवन भुजेलले बताए । बहिनीको पेटमा रहेको बच्चालाई पुर्न गाउँलेले खाल्डो खनेको र पछि थप समस्या हुने आशंका गरेर नचिरी केटा पक्षले घाटमा लगेर जलाएको पवनको आरोप छ ।
उक्त घटनाको जाहेरी लिएर गएका पवनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी श्यामवहादुर खत्रीले पोष्टमार्टम रिपोर्ट नआई उजुरी दर्ता गर्न अस्वीकार गर्दै फर्काएका थिए ।

जबकी घटनाको मुचल्का गर्न गएका प्रहरी अधिकारीले पवनलाई तपाई तत्कालै लिखित जाहेरी दर्ता गराउनु होला भनेका थिए । लिखित जाहेरी दिन जिल्ला बार एशोशिएन सिन्धुलीमा पुगेर निवेदन लेखाउँदै गर्दा जिल्ला प्रहरी कार्यालयबाटै उनलाई तत्कालै जाहेरी नलेख्न र पोष्टमार्टम रिपोर्ट आउन्जेलसम्म कुनै भनिएको स्रोतले बताएको छ । जाहेरी लेख्ने व्यक्ति पवनका आफन्त भएकाले उनले जाहेरी लेखिदिएका थिए । जाहेरीमा मृतकका श्रीमान र एक महिलासहित ४ जनाको नाम राखिएकोमा प्रहरीले श्रीमान बाहेक अन्यको नाम हटाउन लगाएको थियो ।

नेकपाकी केन्द्रीय सदस्यसमेत रहेकी महिला अधिकारकर्मी उमा कोइरालाले आत्महत्या भनिएको घटना संकास्पद रहेकाले प्रहरीले बिना दबाब निश्पक्ष अनुसन्धान गर्नुपर्ने बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार