नेपालमा पछिल्लो २४ घण्टामा २२ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा २२ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा २२५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप २२५३ जनामा कोरोना संक्रमण पुष्टि जानकारी दिनुभयो । योसहित नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ८६ हजार ८२३ पुगेको छ । पछिल्लो २४ घण्टामा १३२९ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसहित नेपालमा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ६४ हजार ६७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ७८४ जनाको पीसीआर परीक्षण गरिएको छ । अहिले संक्रीय संक्रमितको संखया २२ हजार २१९ रहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्य काठमाडौंमा १३७३, ललितपुरमा १८७ र भक्तपुरमा ३९ जनाका संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ दिनको बालिकासहित ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मृत्यु भएकामध्ये ४ जना पुरुष र ३ जना महिला छन् । स्वास्थ्य मन्त्रालयका अनुसार मकवानपुरमा पाँच दिने बालिकाको पनि ज्यान गएको छ । यसैगरी बाँकेमा दुई जना तथा चितवन, काठमाडौं, ललितपुर र कञ्चनपुरमा एक एक जनाको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार