नेपालमा पछिल्लो २४ घण्टामा २४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा २४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप २४ सय ४० जनामा कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ७८१ नमुना परीक्षण गर्दा ९३७ महिला र १५ सय ३ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । यससँगै कुल सङ्क्रमितको सख्ंया ८९ हजार २६३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका १५ सय ३१ सङ्क्रमित थपिएका छन् जसमध्ये काठमाडौंका ११७८, ललितपुरका २५० र भक्तपुरका १०३ जना छन् ।सङ्क्रमितमध्ये ६५ हजार २०२ जना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ११३३ जना सङ्क्रमणमुक्त भएका छन् । संक्रिय सङ्क्रमितको संख्या २३ हजार ५०७ पुगेको छ । १२ हजार ३१६ होम र ११ हजार १९१ संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २४४ जनाको आईसीयू र ४३ जनाको भेल्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल सम्म ५५४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार