तातोपानी नाका आजबाट सञ्चालन हुने

तातोपानी नाका आजबाट सञ्चालन हुने

गत असोज १३ गते नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच तातोपानी नाका सुचारु गर्ने सहमति भएसँगैं आइतबारबाट चिनियाँ सामग्री आउन सुरु गरेको छ । हिजो ११ कन्टेनर कपडा र कच्चा पदार्थ आएको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो ।चिनियाँ पक्षले सामान मितेरी पुलमा अनलोड गरेको हो ।भन्सार जाँचपास पछि केही दिनमा ती सामग्री काठमाण्डौं पठाइनेछ ।कोरोना भाइरसको सङ्क्रमण नहोस् भनेर तातोपानी भन्सार कार्यालयले २९ जनाको दुई टोलीलाई सामान लोड अनलोड गर्न तयारी अवस्थामा राखेको छ । यसैबीच, असार २५ गतेबाट बन्द तातोपानी नाका आजबाट सञ्चालन हुने भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको खासामा अड्किएका सामान नेपाल भित्र्याउन तातोपानी नाका सञ्चालन हुन लागेको हो । नाका आयातका लागि मात्रै खुल्ने र निर्यात भने नहुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार