वडाअध्यक्ष सहित रामेछापका थप ३ जनामा कोरोना संक्रमण पुष्टि

वडाअध्यक्ष सहित रामेछापका थप ३ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लाका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रामेछाप नगरपालिकाका एक जना वडाअध्यक्ष सहित आज थप ३ जनामा कोरोना संक्रमण देखिएको हो । रामेछाप नगरपालिकाका वर्ष ६१ का एक वडाअध्यक्ष , रामेछाप नगरपालिकाको कार्यलयमा कार्यरत वर्ष ४२ की एक महिला कार्यलय सहयोगी र मन्थली नगरपालिकाका एक पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभएको छ । केहि दिनअघि उनिहरुको स्वाब पिसिआर परीक्षणका लागी पठाइएको थियो । उनिहरुमा आज कोरोना संक्रमण देखिएको हो । योसँगै हालसम्म रामेछाप जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका ७७ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका ९२ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार