रामेछाप गोकुलगंगाका थप ४ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप गोकुलगंगाका थप ४ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यहि असोज १६ गते गाउँपालिकाबाट पिसिआर परीक्षणका लागी स्वाब संकलन गरी पठाइएका मध्ये ४ जनामा आज कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । २ जना महिला र २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । गोकुलगंगा गाउँपालिकाका वडा नम्बर ४ का १९ र ४२ वर्षका महिला र वडा नम्बर ५ का २० र ४३ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य अधिकृत थापाले जानकारी दिनुभयो । संक्रमितहरु भारतबाट आएर गोकुलगंगा गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएका थिए । योसँगै हालसम्म रामेछाप जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका ८१ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका ९२ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार