कोरोना संक्रमण देखिएपछि रामेछाप नगरपालिका ५ दिनका लागी बन्द

कोरोना संक्रमण देखिएपछि रामेछाप नगरपालिका ५ दिनका लागी बन्द

रामेछाप जिल्लाको रामेछाप नगरपालिका ५ दिनका लागी बन्द गरिएको छ । नगरपालिकाका एक जना वडाअध्यक्ष सहित कार्यालय सहयोगी पदमा कार्यरत एक महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सम्पुर्ण सेवाहरु बन्द गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादेले बताउनुभयो । आजदेखि शुक्रबारसम्म नगरपालिकाको कार्यालय बन्द रहने छ । नगरपालिकामा कार्यरत सबै कर्मचारी र संक्रमितको प्रत्यक्ष सम्पर्कमा पुगेकाहरुको स्वाब संकलन गरि पिसिआर परीक्षणका लागी पठाईने प्रमुख प्रशासकिय अधिकृत लामगादेले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार