कोरोना सङ्क्रमितको उपचारका लागि ५० प्रतिशत ‘बेड’ छुट्याउन सरकारको निर्देशन

सरकारले सबै अस्पताललाई कोरोना सङ्क्रमितको उपचारका लागि ५० प्रतिशत बेड छुट्याउन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना सङ्क्रमणको रोकथाम तथा उपचार सम्बन्धी असोज २९ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार निजी, सामुदायिक, मेडिकल कलेज, सरकारी तथा प्रतिष्ठानहरुलाई कोरोना सङ्क्रमितको उपचारका लागि ५० प्रतिशत बेड छुट्याउन निर्देशन दिएको हो । मन्त्रालयका प्रवक्ता डाक्टरजागेश्वर गौतमले यसअघि […]

कोरोना उपचारबाट पन्छियो सरकार, परीक्षण र उपचारको खर्च अब आफैले व्यहोर्नुपर्ने

सरकारले कोरोना महामारीको उपचार व्यक्ति आफैंले गर्नुपर्ने निर्णय गरेको छ । यो निर्णयपछि सरकारले अब विपन्न, अशक्तलगायतको मात्र परीक्षण र उपचार खर्च बेहोर्नेछ । ‘कोरोना परीक्षण र उपचार खर्च सरकारले नबेहोर्ने निर्णय आइतबार (हिजो) देखि नै लागू भएको हिजो नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी गराउनुभएको हो । संविधानको मौलिक हक र […]

रामेछाप प्रशासनद्धारा मन्दिर तथा शक्तिपिठहरुमा निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लामा मन्दिर तथा शक्तिपिठहरुमा नित्यपूजा बाहेक अन्य दर्शनका लागि रोक लगाइएको छ । प्रशासनले एक सूचना जारी गरि जिल्ला भित्रका सबै मन्दिर तथा शक्तिपिठहरुमा नित्यपूजा बाहेक अन्य दर्शन कार्य गर्न रोक लगाएको जनाएको छ । दशैंका बेलामा मन्दिर तथा शक्तिपिठहरुमा सर्वसाधारणहरुको अत्याधिक भिड हुने र यसले कोरोना भाइरस संक्रमणको जोखिमता झन […]

रामेछापमा कोरोना संक्रमित संख्या २८६ पुग्यो,दशैं मनाउन गाँउ फर्किनेले जोखिम बढाए

रामेछाप जिल्लामा पछिल्लो पटक कोरोना संक्रमण दिनानुदिन बढ्दै गएको छ । हालसम्म रामेछाप जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय ४२ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका १ सय ४४ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाको मन्थली नगरपालिकाका ६० जनामा कोरोना संक्रमण देखिँदा रामेछाप […]

रामेछाप दोरम्बाका थप १ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लाको दोरम्बा गाउँपालिकाका थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यहि असोज २८ गते दोरम्बाबाट पिसिआर परीक्षणका लागी स्वाब संकलन गरि धुलिखेल अस्पतालमा पठाएका ४७ जनामध्ये १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । वर्ष ४१ का पुरुषमा कारोना संक्रमण पुष्टि भए लगतै उनलाई दोरम्बा […]

विदेशी पर्यटकलाई आजदेखि नेपाल आउन खुला

सरकारले विदेशी पर्यटकलाई आजदेखि नेपाल आउन खुला गरेको छ । ७ महिना पछि सरकारले स्वास्थ्यका मापदण्डपालना गरेर पर्यटक आउन खुला गरेको हो । पर्यटकलाई पर्वतारोहण र ट्रेकिङका लागि भिसा खुलाइएको हो । नेपाल आउने पर्यटकले ७ दिन अनिवार्य रुपमा होटल क्वारेन्टिन बस्नुपर्नेछ । पर्यटकलाई पहिलो चरणमा हिमाल आरोहण र ट्रेकिङका लागि आउन दिइनेछ । उनीहरुलाई […]

उदयपुरमा गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु

सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका– १४ भदौरेमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका र उनीहरुको पनि अवस्था अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । भैरहवाबाट ओखलढुंगाका लागि छुटेको बा २० च ७१७१ नम्बरको गाडी गए राती दुर्घटनामा परेको प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्मादासले जानकारी दिनुभएको […]

उच्च रक्तचापका बिरामीले थप सावधानी अपनाउनुस

सरकारले उच्च रक्तचापका बिरामीहरुलाई कोरोना जोखिम बढी हुने भएकोले थप सावधानी अपनाउन आग्रह गरेको छ । विश्व उच्च रक्तचाप दिवसको अवसरमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा। महेन्द्र श्रेष्ठले नियमित रुपमा रक्तचापको परीक्षण गराउन आवश्यक रहेको बताउनुभयो । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा उहाँले अहिले बदलिएको जीवनशैली, खानपिन र निष्क्रिय दैनिकीका कारण रक्तचापको समस्या बढिरहेको भन्दै नियमित […]

देशमा थप ३१६७ जनामा कोरोना पुष्टि

नेपालमा पछिल्लो २४ घन्टामा थप तीन हजार १६७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले १५ हजार ४३८ जनामा गरिएको ‘पीसीआर’ परीक्षणमा सो संख्यामा संक्रमित थपिएका बताउनुभयो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख २९ हजार ३०४ पुगेको उहाँले जानकारी दिनुभयो । […]

शक्ति पीठहरू नियमित पूजा गर्न बाहेक भक्तजनको लागि खुल्ला नगर्न निर्देशन

गृह मन्त्रालयले दशैंको बेला मन्दिर तथा शक्तिपीठहरू नियमित पूजा गर्न बाहेक भक्तजनको लागि खुल्ला नगर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले मन्दिर तथा शक्तिपीठहरुमा भींडभाड हुँदाकोभिड १९ संक्रमणको जोखिमझनै बढ्ने भएकाले भक्तालुहरुकालागि रोक लगाइएको बताउनुभयो । तर नित्यपूजाआजाभने नियमित रुपमा सूचारु गर्न सकिने उहाँले बताउनुभयो । मन्दिरमा भिडभाड नगर्न स्वास्थ्यमन्त्रालयले समेत आग्रहगरिरहेकाले त्यसको […]