रामेछापमा कोरोना संक्रमित संख्या २८६ पुग्यो,दशैं मनाउन गाँउ फर्किनेले जोखिम बढाए

रामेछापमा कोरोना संक्रमित संख्या २८६ पुग्यो,दशैं मनाउन गाँउ फर्किनेले जोखिम बढाए

रामेछाप जिल्लामा पछिल्लो पटक कोरोना संक्रमण दिनानुदिन बढ्दै गएको छ । हालसम्म रामेछाप जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय ४२ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका १ सय ४४ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाको मन्थली नगरपालिकाका ६० जनामा कोरोना संक्रमण देखिँदा रामेछाप नगरपालिकाका २२ जनामा कोरोना संक्रमण देखिएको छ ।

अरु स्थानिय तहहरुमा क्रमश उमाकुण्ड गाउँपालिकामा २ जना , खाँडादेवी गाउँपालिकामा १ जना , गोकुलगंगा गाउँपालिकामा २४ जना , दोरम्बा गाउँपालिकामा ३ जना , लिखु तामाकोशी गाउँपालिकामा १९ जना , सुनापति गाउँपालिकामा ३ जना र जिल्ला अस्पतालमा ८ जना गरी १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ । जिल्लामा अहिले ६९ जना सकृय संक्रमितहरु रहेका छन । उनिहरुको जिल्लाको विभिन्न ठाउँमा उपचार भईरहेको छ । जिल्लामा धेरैले कोरोनालाई जितेका छन ।

दशैं मनाउन गाँउ फर्किनेको लर्कोे, रामेछाप उच्च जोखिमा

रामेछाप जिल्लामा दशैं मनाउन जिल्ला बाहिर रहेका र जिल्लाभित्रै रहेका व्यक्ति गाँउ फर्किने क्रमसँगै कोरोना सं क्रमणको उच्च जोखिम बढेको छ । विभिन्न कामको सिलसिलामा राजधानी काठमाडौँ सहित विभिन्न सहरमा रहेका मासिन घर फर्किने क्रमसँगै कोरोनाको उच्च जोखिम बढेको स्थानीयको भनाई छ ।

दशैं मनाउन जिल्ला भित्र सहित स्वदेशकै विभिन्न सहरमा रहेका मानिस गाँउ फर्किन भर्खर सुरु भएको र त्यसले ठूलै समस्या ल्याउन सक्ने अनुमान गरिएको छ । दशैंको बेलामा कोरोना संक्रमण बढ्न नदिन र जोखिम कम गर्न वडा वडामा जमघट नगर्ने, वल्लघर पल्लो घरमा भिडभाड नगर्ने, माक्स प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने, साबुन पानीले मिचिमिची हात धुने र सरसफाईमा जोड दिने जस्ता सन्देस प्रचार प्रसार गरिएको स्थानीय तहले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार