उच्च रक्तचापका बिरामीले थप सावधानी अपनाउनुस

उच्च रक्तचापका बिरामीले थप सावधानी अपनाउनुस

सरकारले उच्च रक्तचापका बिरामीहरुलाई कोरोना जोखिम बढी हुने भएकोले थप सावधानी अपनाउन आग्रह गरेको छ । विश्व उच्च रक्तचाप दिवसको अवसरमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा। महेन्द्र श्रेष्ठले नियमित रुपमा रक्तचापको परीक्षण गराउन आवश्यक रहेको बताउनुभयो । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा उहाँले अहिले बदलिएको जीवनशैली, खानपिन र निष्क्रिय दैनिकीका कारण रक्तचापको समस्या बढिरहेको भन्दै नियमित जाँच गराएर रक्तचापलाई नियन्त्रणमा राख्नुपर्ने बताउनुभयो । नेपालमा २४ दशमलव पाँच प्रतिशतलाई उच्च रक्तचापको समस्या रहेको मन्त्रालयको तथ्यांक छ । ४० प्रतिशत मानिसले भने अहिलेसम्म रक्तचाप परीक्षण नै नगराएको श्रेष्ठले बताउनुभयो । उहाँले जाँडरक्सी तथा चुरोटबिँडी नखाने र सक्रिय जीवनशैली अपनाउने हो भने उच्च रक्तचापको समस्याबाट बच्न सकिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार