विदेशी पर्यटकलाई आजदेखि नेपाल आउन खुला

विदेशी पर्यटकलाई आजदेखि नेपाल आउन खुला

सरकारले विदेशी पर्यटकलाई आजदेखि नेपाल आउन खुला गरेको छ । ७ महिना पछि सरकारले स्वास्थ्यका मापदण्डपालना गरेर पर्यटक आउन खुला गरेको हो । पर्यटकलाई पर्वतारोहण र ट्रेकिङका लागि भिसा खुलाइएको हो । नेपाल आउने पर्यटकले ७ दिन अनिवार्य रुपमा होटल क्वारेन्टिन बस्नुपर्नेछ । पर्यटकलाई पहिलो चरणमा हिमाल आरोहण र ट्रेकिङका लागि आउन दिइनेछ । उनीहरुलाई सङ्क्रमण हुन नदिन स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाइ गरिनेछ । गन्तव्यमा जानुअघि पर्यटकले सात दिन क्वारेन्टाइन बस्नुपर्ने नियम बनाइएको छ । हिमाल आरोहण र ट्रेकिङका लागि आउने पर्यटकलाई सुक्षित फर्काउन सके त्यसले सकारात्मक सन्देश जाने सरकारको विश्वास छ । त्यसपछि अन्य पर्यटकीय गन्तव्य खुलाउने तयारी छ । महामारीले सबैभन्दा प्रभावित क्षेत्र पर्यटन हो । व्यवसायीका अनुसार पर्यटन क्षेत्रले सात महिनामा करिब ४० अर्ब नोक्सानी व्यहोरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार