उदयपुरमा गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु

उदयपुरमा गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु

सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका– १४ भदौरेमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका र उनीहरुको पनि अवस्था अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । भैरहवाबाट ओखलढुंगाका लागि छुटेको बा २० च ७१७१ नम्बरको गाडी गए राती दुर्घटनामा परेको प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्मादासले जानकारी दिनुभएको छ । उहाँका अनुसार गाडी सडकबाट करिब ९०० मिटर तल खसेको छ । दुर्घटनामा परेर ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्णबहादुर सार्कीको पहिचान खुलेपनि अरुको पहिचान हुन बाँकी छ । ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार