रामेछाप दोरम्बाका थप १ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप दोरम्बाका थप १ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लाको दोरम्बा गाउँपालिकाका थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यहि असोज २८ गते दोरम्बाबाट पिसिआर परीक्षणका लागी स्वाब संकलन गरि धुलिखेल अस्पतालमा पठाएका ४७ जनामध्ये १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । वर्ष ४१ का पुरुषमा कारोना संक्रमण पुष्टि भए लगतै उनलाई दोरम्बा अस्पतालमा राखिएको उहाँले बताउनुभयो । यो सहित जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय ४२ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका १ सय ४१ जनामा गरी २ सय ८३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार